Home News बिनितालाई भेट्न कलाकारहरुको ओइरो,इन्द्रेणीमा लाग्ने भन्दै आए कलाकार (भिडियो हेर्नुस्)

बिनितालाई भेट्न कलाकारहरुको ओइरो,इन्द्रेणीमा लाग्ने भन्दै आए कलाकार (भिडियो हेर्नुस्)

139
0

गुल्मीकी सानी नानी बिनिता कुमालका पिता साउदी गएको १५ महिना मै दुर्घ टनामा परेर दुवै खुट्टा भाचिएर हस्पिटलमा मृ त्युसंग लडि रहेका छन् र आमा अर्कैसंग पो इला गएको हुँदा बिनिता र उनको दाइको अहिले बि चल्ली भएको छ ।

अहिले पिताको अवस्थामा सुधार भइरहेको हामीले पाएका छौँ ।बिनितालाइ केही समय अगाडि घाँटीमा रो ग लागेको पनि थियो र उनीलाई पढ्न निकै रहर भएको तर पैसाको अभावले गर्दा उनले राम्रोसंग पढ्न पाएकी थिइनन् ।

अहिले विभिन्न मान्छेले सहयोग गर्न थालेपछि उनले गुल्मीको सरस्वती आधारभूत विद्यालयमा पढ्न थालेकी छिन् ।बिनितालाई पढ्न निकै इच्छा भएको तर पढ्न नपाउदा उनी दुखी थिइन् ।अहिले उनी स्कुल लाग्न थालेदेखी नै पढ्न थालेकी छिन् र कक्षामा सबैसंग बसेर पढ्न उनलाई निकै राम्रो लाग्छ ।

आफू ठुली भएर डाक्टर बन्ने सपना बोकेकी बिनिता सानै उमेर देखि नै आफ्नो भविस्य प्रती सजक देखिन्छन् ।आफ्नी आमाले छोडेर गएको र बुबा विदेशको अस्पतालमा मृ त्यु र जीवनको बिचमा रहेको हुँदा उनी दाजु र हजुरबुबा हजुरआमाको सहारा लिएर स्कुल पढिरहेकी छिन् ।

साउदीमा मृ त्युको मुखमा पुगेका बिनिताका बुवा भोजराज कुमाल अब नेपाल आउँदै छन् ।उनी अहिले निको भैसकेको र अब छिट्टै नेपाल फर्कने कुरा हामीलाई बताए ।बाबा आउने खबर सुनेपछि बिनिताले अब मीठो खानेकुरा खान पाउने र बाबाले आफुलाई टिभी ल्याइदिने आशा गरेकी छिन् ।

बुबा नेपाल आउदै छन् र बिनितापनी बुबालाई लिन काठमाडौ गएकी छिन् ।विनिताको अहिले पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ ।आफ्नै कथा र भोगाइ भएको गीतमा बिनिताले अभिनय गरेकी छिन् ।

बुबा विदेशमा बि रामी भएको र यता घरमा आमाले छो डेर हिडेपछी भोगिएको दुखलाई गीतमा समेटिएको छ ।अहिले बिनितालाई भेटेर शुभकामना दिनेको ओइरो लागेको छ ।बिनितालाई इन्द्रेणीमा लग्न भनी कलाकारहरु घरमै आएका छन् ।
भिडियो हेर्नुस् :-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here