Home News काजल जोशी र पुजापछि अब ईण्द्रेणीमा जाने सरस्वतीको पालो, हेर्नुस यति मिठो...

काजल जोशी र पुजापछि अब ईण्द्रेणीमा जाने सरस्वतीको पालो, हेर्नुस यति मिठो गित गाउँछिन (भिडियो हेर्नुस)

210
0

कैलालीको सुक्खड घर भएकी सरस्वती भट्रराई अति मिठो गित गाउँछिन् । बिशेष गरी लोक गितमा रुचि भएकी सरस्वतीको बहुचर्चित कार्यक्रम ईण्द्रेणीमा जाने सपना छ । आर्थिक अवस्था कमजोर भएको कारण आफु अगाडी बढ्न नसकेको सरस्वती बताउँछिन् ।

करिब ३ बर्ष पहिला स्कुल ड्रेसमा उनले गाएको गित भाईरल भएको थियो । त्यो बेला बिभिन्न युवट्युब च्यानलमा उनको अन्तरवार्ता आएको थियो, यसो भनौ उनि त्यो बेला सामाजिक संजालमा भाईरल नै भएकी थिईन ।

तर त्यस पछि उनलाई खासै खोजिएन । सरस्वति अहिले १५ बर्षकी भएकी छिन् । अरु बाल गायिकाहरुको भन्दा भिन्न स्वर छ उनमा । पातलो स्वर भएकाहरु भन्दा पनि सरस्वतीको मोटो स्वर पृथक लाग्छ ।
सरस्वती एउटा आशा लाग्दो बाल कलाकार हुन ।

जसरी कमला धिमिरे, आयुषा गौतम, पुजा देवकोटा जस्तै अन्य बाल कलाकारहरुले ईण्द्रेणी सम्म गएर आफनो प्रतिभा राख्ने अवसर पाए, त्यसरी नै सरस्वतीले पनि एउटा मौका पाउनुपर्छ ।

प्रस्तुत छ, हेल्लो टिकापुर टिभीका पत्रकार अंकित उप्रेतीले सरस्वती भट्रराई संग लगेको अन्तरवार्ता, भिडियो पुरा हेरी प्रतिकिया समेत दिनुहोला । हेर्नुस भिडियो-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here