Home News मनोजले दोस्रो विवाह गरे से क्सको लागि मात्र गर्ने भनेर उहिले भनेकी...

मनोजले दोस्रो विवाह गरे से क्सको लागि मात्र गर्ने भनेर उहिले भनेकी थिइन् मिनाले (भिडियो हेर्नुस्)

259
0

चर्चीत हास्यकलाकार मनोज गजुरेलले दोस्रो विवाह गर्न लागेको खबर एक टेलिभिजन कार्यक्रमबाट सार्वजनिक गरेका थिए । उनको यस विषयलाई लिएर सामाजिक संजालमा विभिन्न किसिमका टीका-टिप्पणी समेत भइरहेका छन् ।

आजभन्दा करिब ४ वर्ष अगाडि पत्नी मीना ढकालसँग कानुनी रुपमा डिभोर्स गरेका उनले अहिले आएर विवाहको निर्णय गरेका हुन् । उनले विवाह गर्न लागेको दुलहीको बारेमा भने केही कुरा बाहिर ल्याएका छैनन् ।

दोस्रो विवाहको चर्चा चलिरहेको बेला गजुरेलले आफू पूर्वपत्नीबाट पनि पीडित भैरहेका बताएका छन् । उनले सामाजिक संजाल फेसबुक मार्फत एक स्टाटस पोष्ट गर्दै पूर्वपत्नीको अनावश्यक गा”ली र बे”इज्जतीबाट को सामना गरिरहेको बताए । आफ्नी पुर्व पत्नीबाट पीडित भैरहेको कुरा उनले बताएका छन ।

गजुरेलले भनेका छन ‘झन्डै ४ वर्ष अगाडि नेपालको कानुन अनुसार डिभोर्स गरेर सम्बन्ध सकिएको कुरा यहाँहरुलाई विदितै छ । तर कानुनी रुपमा आआफ्नो बाटो लागिसकेपछि पनि अर्काे पक्षबाट विभिन्न माध्यमबाट गा”ली बेइ”ज्जतीको क्रम रोकिएन,’ उनले अगाडि लेखेका छन् ‘एउटा सार्वजनिक र जिम्मेवार नागरिकको नाताले मौन रहेँ । दुई सन्तानको जिम्मा लिएर बसेको अभिभावकको नाताले चुप रहेँ ।’

एक्लो जीवन बिताइरहने क्रममा नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलजीसँग मनोजको चिनजान हुनपुग्यो । बिस्तारै उनीहरुको घनिष्टता बढ्न थाल्यो । एकैखालको परिबेश र उस्तै खालको भो”गाईबाट गुज्रिएका उनीहरु अन्ततः सहयात्रा गर्ने निर्णयमा पुगेका हुन्।

तर मनोजकि पहिलो पत्नी मिनाले उहिल्यै मनोजले दोस्रो विवाह गरेभने से क्सको लागि मात्र गर्ने खुलाएकी थिइन् ।उनले मनोज भन्दा आफू एक्लो भएको र मनोजले भन्दा आफुले डिभोर्सपछी धेरै पि डा खप्नु परेको बताएकी छिन् ।

भिडियो हेर्नुस् :-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here