Home News सर्पले टोकेर थलिएका २५ वर्षका कृष्णको झारफुक र घरेलु औषधिले लियो ज्यान

सर्पले टोकेर थलिएका २५ वर्षका कृष्णको झारफुक र घरेलु औषधिले लियो ज्यान

176
0

ताप्लेजुङ फुङ्लिङ नगरपालिका–९ हाङ्देवाका २५ वर्षीय कृष्णबहादुर घतानीको शनिबार बिहान सर्प दंशबाट मृत्यु भएको छ । जिल्ला अस्पतालमा उपचारको क्रममा

घतानीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । शुक्रबार राति घतानीलाई सर्पले डसेको थियो । सर्पले डसेपछि सुरुमा घरमै झारफुक र घरेलु औषधि गराएका उनलाई शनिबार

बिहान आफन्तले जिल्ला अस्पतालमा लगेर भर्ना गराएको थिए । अस्पताल भर्ना गरेको केही समयमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

अर्को समचार पनि पढ्नुहोस्
दशैंमा रमाइलो गर्न मासु खाने नेपाली चलन छ । तर यही मासु कै कारण एक जनाको ज्यान गएको छ । यो घटना सिन्धुलीको हो । दसैँमा मासु भाग लगाउने क्रममा विवाद भएको थियो । त्यही क्रममा एक युवकको ज्यान गएको छ । सिन्धुलीको कमलामाई नगरपालिका-११ छतिवन बस्ने २१ वर्षीय बिक्रम लामगादेको ज्यान गएको हो ।

फूलपातीको अवसरमा गाउँमा स्थानीय मिली राँगा का टी मासु भाग लगाइरहेका थिए । सोही क्रममा विवाद भयो । विवादले उग्र रुप लिँदा बिक्रममाथि अन्यले दाउराको चिर्पटले हानेका थिए । सोही क्रममा उनी गम्भीर घाइते भएका थिए ।

जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको थियो । उनको मृत्युपछि जिल्ला प्रहरी कार्यालय सिन्धुली र ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले स्थानीय दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३० वर्षीय मेख बहादुर जर्गा मगर र २५ वर्षीय दिनेश जर्गा मगर रहेका छन् ।

दशैको मुखमा भएको यो घटना पछि गाउँलेहरु शोकमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here