Home Entertainment विवाहपछी यसरी आए मनोज कार्यक्रममा,दोस्रो विवाहको पोल खोले अन्य कलाकारले (भिडियो हेर्नुस्)

विवाहपछी यसरी आए मनोज कार्यक्रममा,दोस्रो विवाहको पोल खोले अन्य कलाकारले (भिडियो हेर्नुस्)

153
0

चर्चीत हास्यकलाकार मनोज गजुरेलले दोस्रो विवाह गर्न लागेको खबर एक टेलिभिजन कार्यक्रमबाट सार्वजनिक गरेका थिए । उनको यस विषयलाई लिएर सामाजिक संजालमा विभिन्न किसिमका टीका-टिप्पणी समेत भइरहेका छन् ।

आजभन्दा करिब ४ वर्ष अगाडि पत्नी मीना ढकालसँग कानुनी रुपमा डिभोर्स गरेका उनले अहिले आएर विवाहको निर्णय गरेका हुन् । उनले विवाह गर्न लागेको दुलहीको बारेमा भने केही कुरा बाहिर ल्याएका छैनन् ।

दोस्रो विवाहको चर्चा चलिरहेको बेला गजुरेलले आफू पूर्वपत्नीबाट पनि पीडित भैरहेका बताएका छन् । उनले सामाजिक संजाल फेसबुक मार्फत एक स्टाटस पोष्ट गर्दै पूर्वपत्नीको अनावश्यक गा”ली र बे”इज्जतीबाट को सामना गरिरहेको बताए । आफ्नी पुर्व पत्नीबाट पीडित भैरहेको कुरा उनले बताएका छन ।

गजुरेलले भनेका छन ‘झन्डै ४ वर्ष अगाडि नेपालको कानुन अनुसार डिभोर्स गरेर सम्बन्ध सकिएको कुरा यहाँहरुलाई विदितै छ । तर कानुनी रुपमा आआफ्नो बाटो लागिसकेपछि पनि अर्काे पक्षबाट विभिन्न माध्यमबाट गा”ली बेइ”ज्जतीको क्रम रोकिएन,’ उनले अगाडि लेखेका छन् ‘एउटा सार्वजनिक र जिम्मेवार नागरिकको नाताले मौन रहेँ । दुई सन्तानको जिम्मा लिएर बसेको अभिभावकको नाताले चुप रहेँ ।’

मनोजले विवाहपछि भाग लिएको पहिलो कार्यक्रममा भर्खरै भग लिएका छन् ।कृष्ण कडेल,प्रकाश सिवेदी लगायतका टेलिभिजन कर्मी र कलाकारहरुले उनलाई वैवाहिक जीवनको बधाई दिएका छन् ।मनोजले उक्त कार्यक्रममा आफुले पुर्वी नेपाल भ्रमण गर्दा नेपालक सीमाना वारि र पारीको बिच देखिएको विकाशको भिन्नताहरु केलाएका छन् ।उनले भारतको सिक्किममा भएको विकास नेपालको सीमा वारि का ठाँउमा गर्न पाए आफ्नै छुट्टै सिक्किम निर्माण गर्न सकिने बताए ।

भिडियो हेर्नुस् :-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here