Home News २१ औं पटक शरीरमा जमारा उमार्ने सप्तरीका मनोजकुमार

२१ औं पटक शरीरमा जमारा उमार्ने सप्तरीका मनोजकुमार

213
0

साधक मनोजकुमारले एकाइसौं पटक आफ्नै शरीरमा जमरा उमारेर सबैलाई चकित पार्नुभएको छ ।

सप्तरीको राजविराज घर भएका ३५ बर्षिय मनोजकुमार पछिल्लो पटक धनुषाको कमला नगरपालिका ९ लिलावतीमा आफ्नै शरीरमाथि माटो थुपोरे जमरा उर्मानु भएको हो । उहाँले लगातार २१ बर्षदेखि दशैंमा यसरी जमरा उमार्दै आएको बताउनुभयो ।

भारतको बंगाल र दिल्लीमा पनि यस किसिमको तपस्या गरेको बताउने साधक मनोजकुमारले नेपालमा यो पाँचौ पटक भएको जानकारी दिनुभयो । सुख, शान्ति र लोककल्याणको कामना गर्दै घटस्थापनादेखि नवमीसम्म निराहार ब्रत बसेर शरीरमाथि जमरा उमार्ने गरेको उहाँले सुनाउनुभयो

एकाइसौं पटक शरीरमाथि जमरा उमारेको सफलता पछि साधक मनोजकुमार २२ मिनट स्वाँस रोकेर विश्वसामू देखाउने दाबी गर्नुभयो । उहाँले अबको केही महिनापछि राजधानी काठमाडौंमा नेपाल सरकार तथा अरु देशका प्रतिनिधिहरुको उपस्थितिमा स्वाँस रोकेर देखाउन तयारी गरिरहेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here