Home News अन्तरिक्षमा चीनले गर्‍यो विनाशक हति’यारको परीक्षण, अमेरिका स्त’ब्ध

अन्तरिक्षमा चीनले गर्‍यो विनाशक हति’यारको परीक्षण, अमेरिका स्त’ब्ध

91
0

चीनले अन्तरिक्षमा हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको छ । गत अगस्ट महिनामा चीनले यो परीक्षण गरेको र अहिले आएर बल्ल यसलाई सार्वजनिक गरेको हो ।

चीनले आणविक हतियार बोक्न सक्षम क्षेप्यास्त्रलाई अन्तरिक्षको तल्लो कक्षमा पठाएको थियो । यस क्षेप्यास्त्रले पहिले पृथ्वीको चक्कर लगायो अनि आवाजको भन्दा द्रुत गतिमा आफ्नो लक्ष्यतर्फ बढ्यो ।

अन्तरिक्षमा क्षेप्यास्त्र प्रहार गर्ने क्षमता चीनबाहेक अरू कुनै देशसँग छैन । बेलायती पत्रिका फाइनान्सियल टाइम्सका अनुसार, चीनको यो क्षेप्यास्त्र परीक्षण पूर्ण सफल भने भएन । क्षेप्यास्त्र आफ्नो लक्ष्यबाट ३२ किलोमिटर वरै खस्यो ।

चीनले हाइपरसोनिक ग्लाइड भेहिकललाई लंग मार्च रकेटमार्फत प्रक्षेपण गरेको थियो । उसले आफ्ना परीक्षणहरूको घोषणा गरिरहेको हुन्छ तर यसलाई चाहिँ गोप्य राख्यो ।

चीनको यस परीक्षणबाट अमेरिकी गुप्तचर संयन्त्र स्तब्ध भएको छ । यस विषयमा अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता जोन कर्बीलाई सोध्दा टिप्पणी गर्न मानेनन् । चीनले सैन्य क्षमता बढाउँदै लग्दा उसवरपरको क्षेत्र मात्र नभई विश्वमा नै तनाव बढ्ने कर्बीको भनाइ छ ।

चीनबाहेक अमेरिका, रुस र अन्य पाँच देशले हाइपरसोनिक क्षेप्यास्त्रमा काम गरिरहेका छन् । यस मामिलामा रुस सबभन्दा अघि छ ।

हाइपरसोनिक मिसाइलहरूले अन्य मिसाइल जस्तै गरी आणविक बम बोक्न सक्छन् । यिनीहरूको गति ध्वनिको भन्दा पाँचगुणा बढी हुन्छ । हाइपरसोनिक मिसाइललाई ट्य्राक गर्न नसकिने भएकाले निकै घातक हुन्छन् । हिमालि पत्रिका बाट साभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here