Home International चीनले नयाँ कमाण्डर पठाएपछि भारतको सातो उड्यो, गलवान घटना दोहोरिने भन्दै रुवाबासी

चीनले नयाँ कमाण्डर पठाएपछि भारतको सातो उड्यो, गलवान घटना दोहोरिने भन्दै रुवाबासी

240
0

ताइवान स्ट्रेटमा पछिल्ला दिनहरुमा सैन्य गतिविधि बढाईरहेको चीनले भारतसँगको सिमानामा अर्को क्षेत्रीय विवाद उब्जाईरहेको भन्दै भारत चिन्तित बनेको छ ।

भारत चीनको सेना कमाण्डर स्तरको वार्ता अन्तिम चरणमा पुगेर असफल भएपछि गलवानको जस्तै घटना हुन सक्ने भन्दै भारत चिन्तित बनेको भारतीय अंग्रेजी अनलाई द प्रीन्टले जनाएको छ ।

द प्रीन्टले भनेको छ, दुई देशको बीचमा तनाव कम गर्नका लागि दुई देशका कमाण्डर स्तरको वार्ताले प्रयास गरिरहेको छ । पूर्वी लद्दाखमा वास्तविक नियन्त्रण रेखा (एलएसी) मा बिग्रन सक्छ ।

चीनले एलएसीमा अधिक सैनिकहरुको तैनाती गरिरहेको छ । त्यस्तै बेईजिंगले यस पटक भारतले अनुचित मागहरु राखेको टिप्पणी गरेको छ । जसकारया नयाँ दिल्लीका रणनीतिक स्रोतहरु ले चनियाँ टिप्पणी र एलएसीमा चिनियाँ सैन्य गतिविधिले गत वर्षको गलवान घटना दोहोरिने चिन्ता रहेको सो पत्रिकाले जनाएको छ ।

स्रोतहरुका अनुसार, आउँदो जाडो भारतीय सेनाका लागि परिस्थिति जटिल बन्न सक्छ । अर्को बर्ष मार्च देखि अप्रिल सम्म, त्यहाँ बन्दुकको सम्भावित उपयोगसहितको नयाँ हिंसा हुन सक्छ। यस पटक चिनियाँ संचारले आफ्नो दृष्टिकोण परिवर्तन गरेको संकेत दिएको थियो । जबदेखि एलएसी स्ट्यान्ड–अफ अप्रिल मे २०२० मा शुरू भयो, दुबै पक्षले मुख्य रूपले तीन स्तरीय दृष्टिकोण अपनाएका छन् ।

कूटनीतिक र सैन्य स्तरमा नियमित वार्ता, विदेश मन्त्री स्तरमा वार्ता । यी सबैको शीर्षमा, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र शीर्ष चिनियाँ कूटनीतिज्ञ याङ हु बीच पनि वार्ता भएको थियो। यस पटक वार्ता असफल हुनुमा जुलाई महिनामा पदोन्नति भएका जनरल जू किलिंगको ठाउँमा चिनियाँ जनरल वाङ हाइजियाङ आएपछि भारत र चीनको सीमामा तनाव बढेको स्रोतले बतायो ।

जनरल वाङ पश्चिमी थियेटर कमाण्डको नेतृत्व गर्ने चौथो कमाण्डर हुन् । पीएलएको प्रमुख केन्द्रीय सैन्य आयोग (सीएमसी) ले उनलाई सेप्टेम्बरमा मात्र ल्याउने निर्णय लिएको थियो। १६ महिना अघि मात्र चिनियाँ सेनाले हिमालयमा वास्तविक नियन्त्रण रेखा (एलएसी मा दुई परमाणु शक्तिहरुको बीचमा युद्ध भएको थियो जसमा २० भारतीय र ४ चिनियाँ सेनाको मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here