Home News भिषण वर्षाले मच्चायो वि, तण्डा हेर्दा-हेर्दै ढल्यो घर , २७ जनाको मृ,...

भिषण वर्षाले मच्चायो वि, तण्डा हेर्दा-हेर्दै ढल्यो घर , २७ जनाको मृ, त्यु (भिडियो हेर्नुस्)

110
0

भारतको दक्षिणी राज्य केरलामा लगातार वर्षा र बाढीका कारण कम्तीमा २७ जनाको मृ*त्यु भएको छ। ८ जना बेपत्ता भएका छन्।

मृ’त्यु हुनेमा पाँच जना बालबालिका छन्। धेरै मानिस हराइरहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने बीबीसीले उल्लेख छ। बाढीले कोटायाम जिल्लाका केही घर बगाएको छ भने धेरै मानिस फ से का छन्।

बाढी आएपछि सार्वजनिक भएको भिडियोमा पानीमा डुबेको बसबाट यात्रुको उद्धार भइरहेको देखिएको छ। बाढीको कारण कोटायम र इडुक्की जिल्ला सबैभन्दा धेरै प्रभावित भएका छन्। अविरल वर्षाको कारण केही स्थानमा पहिरो पनि गएको छ।

भारतको सेनाको हेलिकोप्टरबाट अहिले फ से का मानिसहरुको उद्धारकार्य चलिरहेको सम्बन्धित अधिकारीले बताएका छन्। केरलाका मुख्यमन्त्री पियारायी विजयनले आइतबार अहिलेसम्म एक हजारभन्दा धेरै मानिसको उद्धार गरिएको र एक सयभन्दा धेरै क्याम्प स्थापना गरिएको बताएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो घटनामा ज्या न गु मा उनेका परिवारप्रति समवेदना व्यक्त गरेका छन्। भारतको केरलामा अविरल वर्षापछि बाढी र पहिरो जानु नौलो भने होइन। बढ्दो सहरीकरण र अतिक्र म णको कारण यो राज्यको सुरक्षाको रुपमा रहेका धेरै तालतलाउ तथा सीमसार क्षेत्र मासिएका छन्।

सन् २०१८ मा केरलामा आएको बाढीको कारण चारसयभन्दा धेरै मानिसको मृत्यु भएको थियो भने १० लाखभन्दा धेरै मानिस विस्थापित भएका थिए।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here