Home News एकाविहानै हात्तीको आ’क्रमणबाट श्रीमान श्रीमतीको मृ’त्यु

एकाविहानै हात्तीको आ’क्रमणबाट श्रीमान श्रीमतीको मृ’त्यु

309
0

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ वसन्तपुरमा जङ्गली हात्तीको आ’क्र’मणबाट एक दम्पतीको मृ’त्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारीअनुसार मृ’त्यु हुनेमा वसन्तपुरका ५५ वर्षीय ध्वजबहादुर कार्की र उहाँका श्रीमती ४५ वर्षीया मधुराको आज विहान मृ’त्यु भएको हो ।

इलाका प्रहरी कार्यालय झलारीबाट प्रहरी निरीक्षक कर्णबहादुर बोहरा नेतृत्वको प्रहरी टोली घ’टनास्थल प्रस्थान गरेको जनाइएको छ । प्रहरीले दिएको जानकारीअनुसार नजिकैको सामुदायिक वनबाट नौ÷दशका सङ्ख्यामा रहेको जङ्गली हात्ती गाउँ पसेपछि स्थानीयले

हो–हल्ला गरेका थिए । सोही क्रममा कार्की दम्पतीलाई हात्तीले आ’क्रमण गरेको प्रहरीले जनाएको छ । “डिलाशैनी सामुदायिक वनबाट आएका हात्तीले आक्रमण गरेको हो ।” घट’नास्थलबाट शुक्लाफाँटा–१२ का वडाध्यक्ष बाले रानाले भन्नुभयो, “अझै जङ्गल किनारका बस्तीमा हात्तीले आ’क्रमण गर्नसक्ने त्रासदी छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here