Home News यत्रो दिनसम्म पनि छोरालाई निकाल्न नसकेका शाहरुख खान आफैँ पसे जेल

यत्रो दिनसम्म पनि छोरालाई निकाल्न नसकेका शाहरुख खान आफैँ पसे जेल

185
0

शाहरुख खानका छोरा आर्यन खान मुम्बई क्रुज पार्टी केसमा पक्राउ परेपछि समस्याको सामना गरिरहेका छन् । २० अक्टोबरमा सेसन्स कोर्टले आर्यन खानको जमानतको निवेदन खारेज गरिदियो ।

त्यसपछि आयर्न र उनको परिवारको चिन्ता बढेको छ । छोरा आर्यनलाई मद्दत गर्नका लागि पिता शाहरुख् खानले असाध्यै धेरै समस्या झेल्नु परिरहेको छ ।

यस्तोमा छोरालाई भेट्न र उनको अवस्था बुझ्नका लागि शाहरुख खान बिहिबार बिहान आर्थर रोड जेल पुगे । जेलमा यसअघि कोरोनका कारण आमने–सामने भेटघाट बन्द थियो ।

बुधबार महराष्ट्रको जेलबाट कैदी र उनको परिवारबीच प्रत्यक्ष भेटघाट गर्न नपाउने नियमलाई हटाइयो । यस्तोमा शाहरुखले छोरा आर्यनलाई छिटोभन्दा छिटो भेटे र उनीसँग कुराकानी गरे ।

आर्यन खान पछिल्लो १४ दिनदेखि आर्थर रोड जेलमा बन्द छन् । शाहरुखले भिडियो कलमार्फत् छोरासँग कुराकानी गरिरहेका थिए । बाउ–छोराबीच कुराकानीका बेला बीचमा सीसा राखिएको थियो । दुबैले इन्टरकममार्फत् कुराकानी गरे । कुराकानी १६ देखि १८ मिनेटसम्म चल्यो । यी दुईबीच कुराकानी हुँदा जेलका अधिकारी पनि उपस्थित थिए ।

शाहरुख खान र उनकी श्रीमती गौरी खानले सुरुमा आर्यनसँग भिडियो कलमार्फत् कुराकानी गरेका थिए । जेलका कैदीलाई हप्तामा दुई पटक परिवारसँग भिडियो कलमा कुराकानी गर्न अनुमति दिइन्छ । खबरका अनुसार जमानत नपाएका कारण आर्यन निकै चिन्तित छन् र उनले जेलमा सबैसँग कुराकानी बन्द गरेका छन् ।

शाहरुख–गौरी छोराका लागि अत्यधिक चिन्तित भइरहेको बताइएको छ । यी दुईले छोराको स्वास्स्थ्यबारे जेल अधिकारीसँग जानकारी लिइरहेको स्रोतले बताएको छ । भारतीय सञ्चार माध्यम आजतकले भन्यो, ‘शाहरुख सुरुदेखि नै आर्यन खानका लागि चिन्तित छन् र एनसीबी र जेलका अधिकारीसँग लगातार सम्पर्कमा छन् ।’

स्रोतका अनुसार आर्यन खान जेलभित्र असाध्यै तनावमा छन् । उनलाई जेलभित्रको खाना पनि मन परिरहेको छैन । उनले अन्य कैदीलाई आफू निर्दोष भएको र आफूले केही पनि गलत नगरेको बताउँदै आएका छन् । रिपोर्टका अनुसार आर्यनलाई जुन ब्यारेकमा राखिएको छ, यहाँ उनलाई एउटा पातलो ओछ्याउने र निकै सिमित चिजहरू मात्रै दिइएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here