Home Lifestyle कुलमानको बहिर्गमनसँगै किन काटिँदै छ बिजुली ?

कुलमानको बहिर्गमनसँगै किन काटिँदै छ बिजुली ?

129
0

विद्युत प्रधिकरणले मुलुकमा लोडसेडिङ अन्त्यको घोषणा गरेपनि बेला बेलामा विद्युत काटिने समस्या भने अझै समाधान भएको छैन ।

लोडसेडिङ अन्त्यमा महत्वपूर्ण भूमिका खेलेका विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ आफ्नो चार वर्षे कार्यकाल सकिएर गत भदौ ३० गते बिदा भएपछि यो विषय सबैको चासो बनेको छ । बिजुली माफियाले पुनः लोडसेडिङ गराउन सक्ने आशंका आम सर्वसाधारणको छ ।

हाल काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा लगातार विद्युत् काटिने समस्या बढिरहेको छ । लाइन काटिने क्रम बढेको भन्दै गुनासो सामाजिक सञ्जालमा छरपष्ट देख्न सकिन्छ । नो लाइटमा प्राधिकरणका सम्बन्धित कर्मचारीले ग्राहकको फोनको रेस्पोन्स नगर्ने, गरेपनि ढिलो गर्ने र समयमै काम नसक्ने उनीहरुको आरोप छ । अकारण काटिने विजुलीका कारण उपभोक्ता थप हैरान भएका छन् ।

तर, विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला भने कुलमानको बर्हिगमनमा यो विषय जोडिनु तथ्यहीन टिप्पणी भएको बताउँछन् । बिजुली पर्याप्त भएतापनि पानी पर्दा तार फुट्ने, केही ठाउँमा रुख ढल्ने, ट्रान्सफरमर बिग्रने जस्ता समस्याले केही समय लाइन काटिएको तर बारम्बार भने नकाटिएको उनको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here