Home News दशैं मनाउँन गएका श्रीमानको शव खोलामा भेटियो, रुदा’रुदै बेहोस भएर श्री’मतिको मृ*त्यु

दशैं मनाउँन गएका श्रीमानको शव खोलामा भेटियो, रुदा’रुदै बेहोस भएर श्री’मतिको मृ*त्यु

134
0

दशैंको उल्लास सकिन नपाउँदै धनकुटाको साँगुरीगढी गाउँपालिका–१० आहालेस्थित चिराङ चौकका झगेन्द्र राईको परिवार शोकमा डुबेको छ । गाउँमा दशैं मनाउँन आएका झगेन्द्र सधैका लागि विदा भए ।

श्रीमानको मृत्युको पीडा सहन नसक्दा रुदारुदै उनकी श्रीमती अनुले पनि संसार छोडिन् । दशैं विदा हुन नपाउँदै एकपछि अर्को परिवारको सदस्यलाई सधैका लागि विदा गर्नुपर्दा परिवारमा बज्रपात परेको छ ।

धरान उपमहानगरपालिका–११ मंगलबारेमा परिवारसहित बस्दै आएका ४३ बर्षीय झगेन्द्र गत मंगलबार दशैंको टिका लगाउँन मोटरसाइकलमा छोरालाई साथमा लिएर साँगुरीगढीको आहालेस्थित गाउँ आएका थिए । नेपाली कांग्रेस साँगुरीगढी–१० का वडा सभापतिसमेत रहेका झगेन्द्र सोही दिन साँझबाट बेपत्ता भए ।

उनको मोटरसाइकल धरान–२० स्थित धरान–आहाले सडक खण्डमा पर्ने खैरेनी खोलामा भेटियो । खोजी गर्ने क्रममा बुधबार उनको शव सडकबाट झण्डै एक किलोमिटर तल खोलामा फेला पर्यो । धरान प्रहरीको समन्वयमा उनको शवलाई पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगियो ।

श्रीमानको मृत्युको खबरले उनकी श्रीमती अनु छाँगाबाट खसेजस्तो भइन् । परिवारमा बज्रपात पर्यो । श्रीमान गुमाउँदाको पीडाले बिक्षिप्त बनेकी उनी रुदारुदै बिहिबार बिहान बेहोस् भइन् । उपचारका लागि अस्पताल लैजाने क्रममा उनको मृत्यु भयो ।

पोष्टमार्टमपछि झगेन्द्रको शव दाहसस्कारका लागि लैजाने तयारी गर्दै गर्दा उनकी श्रीमती अनुको पनि मृत्यु भएको नेपाली काँग्रेसका क्षेत्रीय सभापति जितेन्द्र रुम्दालीले बताए । ‘श्रीमानको मृत्युको खबरले उहाँ निकै विक्षिप्त हुँनु भएको थियो, रुदारुदै बिहान बेहोस भएर अस्पताल लैजाने क्रममा बाटैमा वित्नुभएछ,’ रुम्दालीले संगालोखबरसँग भने, ‘सारै अनौठो र पीडादायी घटना भयो ।’

बिहिबार दिउँसो धरानको हरियाली सामुदायिक बन क्षेत्रमा श्रीमान–श्रीमती दुबैको एकैसाथ अन्त्येष्टि गरिएको छ । नेपाली कांग्रेस धनकुटाका सचिव बिजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई लगायत नेताहरुले पार्टीको झण्डा ओढाएर उनीहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

स्व.राई नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत गत महिना सम्पन्न वडा अधिवेशनबाट साँगुरीगढी–१० को वडा सभापतिमा निर्वाचित भएका थिए । स्व.राई दम्पतीका एक छोरा र एक छोरी छन् । वुवा–आमालाई एकैसाथ गुमाउँदा उनीहरु विछिप्त छन् । संगालो खबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here