Home News चिनले ल्यायो कडा सिमा सुर’क्षा निति, चिनको निर्णयले त’र्सियो भारत, प्र’चण्डले दिए...

चिनले ल्यायो कडा सिमा सुर’क्षा निति, चिनको निर्णयले त’र्सियो भारत, प्र’चण्डले दिए भारतलाई दरो जवाफ (भिडियो हेर्नुहोस)

290
0

चिनले ल्यायो कडा सिमा सुर’क्षा निति, चिनको निर्णयले त’र्सियो भारत, प्र’चण्डले दिए भारतलाई दरो जवाफ (भिडियो हेर्नुहोस)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
अर्घाखाँची जिल्लाका विधालयहरुमा विद्यार्थीहरुले प्राय पढाईमा भन्दा टिकटकमा समय दिने गरेका छन् ।

जिल्लाका सबै सरकारी तथा निजी विधालयहरुमा विद्यार्थीहरुले विहान १० बजेदेखि ४ बजेको समयमा प्राय टिकटक, फेसबुक चलाऊनमा व्यस्त देखिएका हुन् ।

अर्घाखाँचीका विधालयहरुले मोबाइल बोक्न छुट दिएका कारण प्राय विधार्थीहरु जतिबेला पनि फेसबुक, इन्स्टाग्राम, टिकटक जस्ता सामाजिक सञ्चाल चलाउदै बसेका देखिन्छन् । यस्तै जिल्लाका सन्धिखर्क लगायतका कयौ विधालयमा ६ देखि १० कक्षा पढने विद्यार्थीहरु मात्र नभएर शिक्षकहरु पनि टिकटक बनाउदै सामाजिक सञ्जालमा राख्ने गरेका देखिन्छन् ।

यस्तै केही दिन अगाडि धारापानीको श्री शान्ती मावीका विधार्थीहरु टिकटक लाइभ गरेका थिए । लाईभ भिडियोमा प्राय विधार्थीहरु मोबाईल खेलाउदै गरेका देखिन्छन् । श्री शान्ती मावीका विधार्थीहरु मात्र नभएर शिक्षकहरु पनि दिनभर गेम खेल्न, टिकटक, फेसबुक चलाऊनमा व्यस्त देखिन्छन् ।

उता सन्धिखर्कका एक मावी विद्यालय शिक्षकले भने; “विद्यार्थीहरुले अश्लील टिकटक पनि बनाएको देखिन्छ । अभिभावकले आफ्ना बच्चाहरुको मोबाइल हप्तामा एक पटक चेक गरि टिकटक र गेम भेटिएमा कारबाही गर्नुपर्छ, केटाकेटी बिगार्ने बिधार्थीका अभिभावक हुन् ।”

विद्यार्थीहरुले स्कुल ड्रेसमै जंगल, बाटोमा टिकटक बनाएको देखिन्छ । अभिभावकले भने सबै विधालयहरुले विद्यार्थीहरुलाई मोबाईल बोक्न प्रतिबन्धित गर्नु पर्ने बताउन्छन् ।

शिक्षकहरूले पढाउँदै गरेको बेला विद्यार्थीहरूले कक्षा कोठामा होहल्ला गर्ने, फोन चलाउँदै बस्ने जस्ता गतिविधिहरू गरेका देखिन्छन् । हातहातमा अहिले मोबाइल फोन देखिन थालेको छ। साथै जिल्लाका केही विधालयहरुले नि:शुल्क इन्टर्नेट जडान गरेका छन् । तर विद्यार्थीहरूले इन्टर्नेटमार्फत् ज्ञान आर्जनभन्दा पनि सामाजिक सञ्जाल प्रयोग गरेर मनोरञ्जन गर्न थालेका छन् ।

जिल्लामा सजिलै उपलब्ध हुने सस्तो खालका स्मार्टफोनबाट पनि इन्टर्नेट चलाउन सहज हुन थालेपछि विद्यार्थीहरूलाई समेत मोबाइल चलाउने लत लागेको भन्दै चिन्ता व्यक्त हुने गरेको छ।
अर्घाखाँचीडट्कम बाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here