Home News फाँ सी लगाएको अभिनय गरेर टिकटक बनाउँदा अचानक कुर्सी चि’प्लि’यो, किशोरीको मृ’त्यु

फाँ सी लगाएको अभिनय गरेर टिकटक बनाउँदा अचानक कुर्सी चि’प्लि’यो, किशोरीको मृ’त्यु

130
0

सामाजिक सञ्जालका कारण धेरै किशोर किशोरीले ज्यान गुमाएका छन्। भारतको इन्दौरमा फेरी यस्तै घटना भएको छ। १२ वर्षीया किशोरीले सेल्फी लिने क्रममा ज्यान गुमाएकी छिन्। भनिन्छ कि ती केटी आफ्नो घरको कुर्सीमा उभिएकी थिइन र पा सो गलामा लगाएर सेल्फी लिईरहेकी थिइन्।

यस समयमा उनको सन्तुलन बिग्रेको थियो र अभिनय गरेको सत्य सावित भयो। यसपछि उनको साँच्चै ज्यान गयो। यो घटना इन्दौरको माँ वैष्णोदेवी नगरसँग सम्बन्धित छ।

पुलिसले शवलाई लिएर पोष्टमार्टमको लागि पठाएको छ र यसबारे अनुसन्धान सुरु गरिएको छ। दुर्घटनाको क्रममा केटीको बुबा घरमा थिए भनेर पुलिसले जनाएको छ।

जब केटी लामो समय कोठा बाहिर निस्केकी थिइनन्, त्यसपछि परिवारका सदस्यहरू उनको कोठामा गए र घटनाको बास्तविकता थाहा पाए। नातेदारहरु डराए, परिवारले छिमेकीहरूलाई बोलाए र केटीलाई तल ल्याइयो।

तर त्यसबेला सम्म उनको सास रोकि सकेको थियो। त्यसपछि सूचना प्रहरीलाई दिइयो। पुलिसले शव पोस्टमार्टमका लागि अस्पताल पठाए।

प्रारम्भिक अनुसन्धानमा, पुलिसले यसको कारण पत्ता लगाउन सकेन। घटनास्थलबाट कुनै प्रमाण नभएको खण्डमा सेल्फी नै केटीको मृ त्युको कारण भएको जस्तो देखिन्छ।

अनुसन्धान अधिकारी मनमोहन ठाकुरले भने कि बालिकाले सेल्फीका लागि क्यामेरा अन गरेकी थिइन्। यस समयमा कुर्सी सर्यो, जसको कारणले यस्तो घटना भयो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

हुम्लामा बिवाह गर्न केटि नै पाउँन छाड्यो, केटाहरुलाइ बिवाह गर्न कठिन

हुम्ला जिल्लाको हिमालपारिको गाउँ लिमीमा केटालाई विवाह गर्न कठिन हुन थालेको छ। जिल्लाबाट बाहिर विशेषगरी काठमाडौँ र भारतमा यहाँबाट अध्ययन गर्न गएका युवती गाउँ फर्कन इच्छुक नभएपछि केटालाई विवाह गर्न समस्या पर्न थालेको हो।

नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका हल्जी गाउँका स्थानीय सोन्दोर्जी तामाङले लिमीमा केटालाई विवाह गर्न समस्या हुन थालेको बताए।

उनले सानैमा जिल्लाबाहिर जाने तथा गुम्बामा ‘टोपेनी’ हुन जाने युवतीले गाउँमा आउन नमानेपछि केटालाई विवाहको समस्या हुन थालेको उल्लेख गरे। पहिले गाउँमा बहुपति प्रथाका कारण केटी अविवाहित बस्नुपर्ने अवस्था थियो।

अहिले भने जिल्लाबाहिर गएका युवती गाउँ फर्कन नमानेका कारण युवालाई विवाहको समस्या पर्न थालेको स्थानीयवासीको भनाइ छ।

लिमीमा प्रचलित ‘बहुपति र नेलु प्रथा’बाट आजित भएका युवतीहरू बुझेर नै यी प्रथाप्रति वितृष्णा व्यक्त गर्न थालेको स्थानीय राङ्डोल तामाङले बताए।

यही समस्याबाट मुक्ति पाउन लिमी गाउँबाट अध्ययन गर्न गएका युवती गाउँ फर्कन नमान्ने उनले जानकारी दिए। गाउँमा आए बहुपति प्रथा स्वीकार गर्नुपर्ने, यो नस्वीकारे नेलु स्वीकार गरेर बस्नुपर्ने अवस्था छ।

दुवै प्रथा विकृति हुन् भन्ने बुझेका युवतीहरू गाउँमा आए समस्या हुने भएपछि गाउँ आउनै नमान्ने बिना तामाङले बताइन्। युवती गाउँमा नआएपछि केटालाई विवाह गर्न समस्या भइरहेको वडाध्यक्ष पाल्जोर तामाङले बताए। लिमीका १४७ घरधुरीमा एक हजार दुई सय जनसङ्ख्या रहेको छ।

आजको गोरखापत्र दैनिकमा समाचार छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here