Home News छोरीहरूले गरे बुबाको दाहसंस्कार, छिमेकीले मानेनन् छुन

छोरीहरूले गरे बुबाको दाहसंस्कार, छिमेकीले मानेनन् छुन

326
0

आफन्त र दाजुभाइ नहुँदा कटारी नगरपालिका–५ बरमझियाका दुई जना दिदीबहिनीले सोमबार बुबाको मृत्युपछि आफैंले श-वयात्रा गरी ‘दाहसंस्कार’ गरेका छन् ।

स्थानीय ६० वर्षीय बालबहादुर मगरको मृत्युपछि छिमेकीले श’ व छुन नमानेपछि १७ र २० वर्षीया छोरीले नै दाह-संस्कार गरेका हुन् ।

बालबहादुर बसोबास गर्दै आएको बरमझियामा आफ्नो समुदायका आफन्त र दाजुभाइ छैनन् । दाजुभाइ र आफन्त नहुँदा स्थानीयले श’व छुन नहुने भन्दै पन्छिए । श-व नछुने तर अन्य सहयोग गर्ने भनेपछि १७ वर्षीया कुमारी र २० वर्षीया भगवती मगरले मगर संस्कारअनुसार श-वयात्रा गरी तवाखोलाको घाटमा दाह-संस्कार गरेका हुन् ।

दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्ने बालबहादुरको परिवार २०६१ सालतिर ओखलढुंगाबाट त्यहाँ झरेको हो । दुई छोरी र श्रीमतीसहित स्थानीय शिवहरि दाहालको जग्गामा सानो झुप्रो हालेर बालबहादुर बसोबास गर्दै आएका थिए । परिवारका ४ जना नै कटारी बजार र आसपासको क्षेत्रमा दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्दै आएका छन् ।

माघ, फागनुदेखि पेटको समस्याले बिरामी परेका बालबहादुर वैशाखदेखि घरमै थलिएका थिए । स्थानीयको सहयोगमा औषधोपचार गराए पनि निको नभएपछि घरमै थिए । बिरामी भएर घरमै थलिएर मृत्यु भएका बालबहादुरको मृत्युपछि कोरोनासं-क्रमणको कारण देखाउँदै स्थानीयले छुन नचाहेको समाजसेवी राजु मगरले बताए ।

‘कोरोनासंक्रमण फैलिएको अवस्थामा मृत्यु भएकाले पनि छिमेकीले श -व उठाउन अप्ठ्यारो मानेछन्,’ उनले भने, ‘मगर समुदायको भएकाले पनि अन्य समुदायका छिमेकीले छुन नहुने भन्दै पन्छिएछन् ।’

आफ्नै दाजुभाइ र अहिले आफ्नो आफन्त नभएकाले बुबाको दा-हसंस्कार र काज-किरिया आफैंले गर्ने निर्णय गरेको कु-मारी र भगवतीले बताए । ‘बुबाको हामी आफैंले श-वयात्रा गरेर ‘दाहसंस्कार’ गर्‍यौं’ उनीहरूले भने, ‘अब मगर संस्कार संस्कृतिअनुसार ‘काजकिरिया’ पनि गर्छौं ।’ स्थानीय छिमेकी र आफ्ना समुदायको सहयोग रहेको उनीहरूले बताए ।

मगर संस्कारअनुसार ७ दिनमा बालबहादुरको ‘काज-किरिया’ सकिने राजुले बताए । डिल्लीराम खतिवडाले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here