Home News अभिनेता अनुपम खेरले नेपालमा भेटे भिख माग्दै गरेकी भारतीय किशोरी, गरे स्कुल...

अभिनेता अनुपम खेरले नेपालमा भेटे भिख माग्दै गरेकी भारतीय किशोरी, गरे स्कुल पढाइदिने बाचा

185
0

बलिउड अभिनेता अनुपम खेर हिन्दी फिल्म उचाइका लागि नेपाल आएका थिए।

नेपालका विभिन्न ठाउँमा उनीहरूको टोलीले सुटिङ गर्‍यो। यसबीच अनुपम खेर सामाजिक सञ्जाल ट्विटरमा निकै सक्रिय रहे। आफूले विभिन्न ठाउँमा भेटेका व्यक्तिहरूसँग कुराकानी गरेका, केटाकेटीलाई आफ्नी आमाले बुनेका स्विटर बाँडेको जस्ता केही भिडिओ सेयर पनि गरे।

यही क्रममा मंगलबार बिहान उनले एक भिडिओ सेयर गरे। उक्त भिडिओमा उनले काठमाडौंको एक मन्दिर अगाडि भिख माग्दै हिँड्ने एउटी किशोरीसँग कुराकानी गरिरहेका छन्।

कुराकानीकै क्रममा आरती नामकी ती किशोरी भारतकै राजस्थानबाट आएको अनुपम खेरले थाहा पाउँछन्। आफ्नै देशको व्यक्ति भेटेपछि उनीप्रति चासो हुनु स्वाभाविक भय

तर उनलाई अस्वभाविक तब लाग्यो जब आरतीले उनीसँग अंग्रेजीमा कुरा गरिन्। उनले अंग्रेजीमै ‘मेरो नाम आरती हो र तपाईंलाई भेट्दा साह्रै उत्साहित भएकी छु’ भन्छिन्।

अनुपम खेरले सोध्छन्, ‘तिमी कहाँबाट आएकी हौ?’ आरती भन्छिन्, ‘म भारतको राजस्थानबाट आएकी
‘यत्तिको राम्रो अंग्रेजी कसरी बोल्न आयो?’ अनुपम खेर सोध्छन्।

आरतीले धन्यवाद भन्दै आफू मागेर जीविका चलाउने र कहिल्यै पनि स्कुल नगएको बताउँछिन्। नेपालमा मागेर हिँड्दै गर्दा नै आफूले अंग्रेजी जानेको बताउँछिन्। अनुपम खेरले उनलाई बरू काम गरेर खानू नि, किन माग्ने भन्छन्।

आरती भन्छिन्, ‘किनकी म गरिब परिवारबाट आएकी हुँ। मसँग केही छैन।’ फेरि अनुपम खेरले उनलाई यति राम्रो अंग्रेजी बोल्छौ, कसैले तिमीलाई काम दिइहाल्छ नि भन्छन्।

आरती यसको सफाइ दिँदै भन्छिन्, ‘मलाई यहाँ कसैले काम दिँदैन। तिमी भारतीय हौ, आफ्नै देश जाऊ, किन यहाँ आएकी भन्छन्।”उसो भए तिमी यहाँ किन आएकी त,’ अनुपम खेरले सोध्छन्।

आरतीले भारतमा पनि यस्तै समस्या भएको, पर्यटकहरू नभएको र कसैले सहयोग नगर्ने बताउँछिन्। नेपालमा भने केही राम्रो अवस्था भएको, सहयोगी मान्छे भएकाले आएकी भन्छिन्।

उनले आफू कहिल्यै स्कुल नगएको तर जान मन भएको पनि बताउँछिन्। कसैले सहयोग गरे आफू स्कुल जाने भन्दै उनी भन्छिन्, ‘म मान्छेहरूलाई पनि म स्कुल जान चाहन्छु, सहयोग गर्नुहोस् भन्छु। तर कसैले गर्दैन।’

यसपछि अनुपम खेरले उनको फोन नम्बर लिन्छन् र उनलाई स्कुल पठाउने भन्छन्। आरतीले निकै खुसी भएको बताउँदै धेरैपटक उनलाई धन्यवाद दिन्छिन्।

‘म स्कुल गएँ भने मेरो जीवन, परिवारको अवस्था सबै राम्रो हुन्छ भन्ने थाहा छ। म मेहनत गरेर पढ्नेछु,’ आरती भन्छिन्, ‘त्यसैले मलाई अरू केही चाहिँदैन, स्कुल जान पाए पुग्छ।’ अनुपम खेरले आफ्नो फाउन्डेसनमार्फत् आरतीलाई चाँडै स्कुल पठाउने बाचा गर्छन्। र आरतीलाई पनि राम्ररी पढ्ने बाचा गर भन्छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here