Home Lifestyle सिद्धार्थको नाम बेचेर माया पाउन खोजेको भन्दै शहनाज’माथि ख’निए फ्यान…

सिद्धार्थको नाम बेचेर माया पाउन खोजेको भन्दै शहनाज’माथि ख’निए फ्यान…

36
0

पछिल्लो समय सामाजिक संजाल टिकटकमा एउटा भिडियो निकै भाइरल भयो । उक्त भिडियोमा एक छोराले आफ्ना बुवालाई काखमा सानो बच्चालाई जस्तै बोकेर नाचेको देख्न सकिन्छ । तिनै ब्यक्ति अहिले मिडियामा पनि छ ।

उनि हुन रुपन्देही जिल्लाको बुटवलका कृष्ण प्रसाद पौडेल । उनी ६८ वर्षका भए । तर उनको तौल भने जम्मा १२ किलोग्राम रहेको छ । उनी आफै हिडडुल गर्न सक्दैनन । व्हिलचियरको मद्धतले हिड्ने उनी बोल्न, पढ्न, लेख्न भने अझै राम्रैसगँ सक्छन ।

उनी अर्घाखाँचीमा जन्मिएका हुन । आफ्ना बाबू ज्वतिष भएकाले आफुले पनि त्यही कुरामा रुचि राखेर ज्वतिषशास्त्र पढ्ने आफ्नो इच्छा भएको उनी बताउँछन । तर कक्षा पाचँ पढेर ६ कक्षामा पढ्ने बेला करिव २२ दिनसम्म ज्वरो आएर निको भए पछि हात खुट्टा दुख्न थालेको उनको भनाई छ ।

त्यतिबेला जाने जति र भए जति सम्पुर्ण आयुर्वेदिक उपचार देखि लिएर धामीझाँक्री इत्यादी सबै गर्दा पनि आफुलाई ठिक नभएर आफू हिडडुल गर्न नसक्ने भएको उनले बताए

त्यो बेला पाल्पामा अस्पताल भएको हुदा करिब ३ दिन लगाएर आफुलाई डोकोमा बोकि अस्पताल लगिएको उनी बताउँछन । त्यहा पनि एक महिना बस्दा पनि ठिक नभएको उनले सुनाए । सानै उमेरमा नै रोग लागे पछि आफ्नो शारीरिक विकास हुन नसकेर अहिले यो अवस्थामा बाचिँरहेको उनले बताएका छन ।

त्यही बेलाबाट आफ्नो खुट्टाले शरीर थाम्न नसकेर आफू ओछ्यानमै जिन्दगी बिताउँदै आएको उनिले बताएका छन । अहिले आफ्नो सम्पुर्ण शरीरमा बिराम लागेको उनले बताए ।

बिराम नलागेको हातको एउटा औला मात्र भएको उनले देखाए । उक्त औला भने सामान्य मानिसको जस्तै सिधा रहेको छ भने अन्य औलाहरु बाङ्गोटिङ्गो रहेका छन । आफू यस्तो भएता पनि आफुले पहिले गाउमाँ स्कुल खुल्ने त्यसलाई संचालन गर्ने इत्यादी काम गरेर अहिले थुप्रै प्रतिष्ठित मान्छेहरुलाई आफ्नो बनाएर उनिहरुकै सहयोग पनि राम्रो पाउने गरेको उनले बताएका छन । आफू उनेर हुदा शारीरिक अवस्था जस्तै भए पनि सामाजिक कार्यमा जुटेको बताउँछन ।

आफू सानै उमेरमा यस्तो भए पछि त्यो बेला देखि आफ्नी आमाले स्यहार्दै आएको उनी बताउछ्न । आमा पछि आफ्नो भाईले आफुलाई साथ दिएको उनको भनाइ छ । तर भाइ पनि अकस्मात हृदयघातबाट गए पछि भाइ बुहारिले पनि आफुलाई राम्रो ख्याल गरेर राखेको उनी बताउँछन ।

अहिले भने आफू भाइको छोरा बुहारीको साथमा रहेको बताए । आफू सानै उमेरदेखि यस्तो भए पछि आफन्तकै सहारामा आफू बस्दै आएको बताउँछन । अहिले पनि भाइकै छोरा भए पनि उसले आफ्नै छोरा जस्तै गरि आफुलाई साथमा राखेर स्याहार गरेको उनी बताउँछन ।

भिडियो हेर्नुस् :-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here