Home News दोहोरी सर्जक रमेश परियारलाई बर्षकै सर्वोत्कृष्ट गितकार अवार्डको उपाधी

दोहोरी सर्जक रमेश परियारलाई बर्षकै सर्वोत्कृष्ट गितकार अवार्डको उपाधी

85
0

लोकप्रिय सर्जक रमेश परियारले बेष्ट गितकारको अवार्ड पाएका छन् । मंगलबार काठमाडौंको र्याडिसन होटलमा सम्पन्न स्टार इन्टरनेशनल अवार्ड २०२१ मा सालको पात उडायो बतासैले गित बाट बेष्ट लोक दोहोरी शब्द तर्फको अवार्ड प्रदान गरिएको हो । यसअघि परियारले दुई वटा अवार्ड पाइसक्नुभएको छ भने यो तेस्रो अवार्ड हो ।

नेपाली गित संगितको क्षेत्रमा थुप्रै सृर्जना पस्किएका परियार दुई दशक देखि सृर्जनामै व्यस्त छन्, उनि पछिल्लो समयका अत्यन्तै व्यस्त सर्जक हुन् । सर्जक परियारले यसरी आफ्नो सृर्जनाको मुल्याकन भई अवार्ड पाउँदै गर्दा खुसी ब्यक्त गरेका छन् ।

यस्तो किसिमका अवार्डले काम गर्न थप उर्जा प्रदान गरेको उनले कान्तिपुर पाटिसंग वताए ।सालको पात उडायो बतासैले गित करिव दुई महिना अघि सार्वजनिक भएको हो, जसमा परियारको उत्कृष्ट लय शब्द सृर्जना सहित वसन्त थापा र अमृता नेपालीको आवाज रहेको थियो |

FB_IMG_1635917223867.jpg उहाले आफ्नो फेसबुकमार्फत आयोजक टिम र दशर्क स्रोतालाई धन्यवाद दिदै यस्तो लेख्नु भएको छ : खुसिको कुनै सिमा नै छैन आजको दिन केही समय अगाडि बजारमा आयको साल्को पात उडायो बतासैले गित बाट

Star international award Nepal 2021 मा best शब्द बाट top 1 मा पर्न सफल भयको छु साथै मेरो लय सब्दमा रहेको अर्को गित ढाट्यो जिन्दगिले बाट गायक तर्फ बाट शितल गुरुङ्ग र मेरोनै सृजना मा रहेको गित मेरो माया कहाँ छ बाट गाइका बिधाबाट रुपा गुरुङ्ग ले अबार्ड पाउन सफल हुनु भयको छ यकै चोटि आफ्नो सृजना मा रहेको 3 वटा गित ले अबार्ड पाउँदा निकै खुसी छु सम्पुर्ण दर्सक महानुभाब हरुमा मनै देखि हार्दिक नमन गर्द छु 🙏🙏🙏 धन्यवाद आयोजक टिम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here