Home News अब फेरि देशभर लकडाउन हुने पक्का, यस्तो छ सरकारको तयारी !

अब फेरि देशभर लकडाउन हुने पक्का, यस्तो छ सरकारको तयारी !

533
0

मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले इन्सिडेन्ट कमान्ड सिस्टम ९आईसीएस०को बैठकले सक्रिय सङ्क्रमित २५ हजार नाघेको अवस्थामा पुनः लकडाउन गर्नसक्ने निर्णय गरेको जानकारी दिनुभयो । बुधबार नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार ४१४ छ । गोरखापत्र दैनिकमा खबर छ ।

प्रवक्ता गौतमले २५ हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेको खण्डमा नेपालको हालको स्वास्थ्य संयन्त्रले सङ्क्रमण नियन्त्रण गर्न समस्या हुनसक्ने भन्दै पुनः बन्दाबन्दी गर्ने निर्णय गरेको बताउनुभयो । बैठकले पछिल्लो समय सङ्क्रमण दर बढ्नुका साथै जोखिम उच्च रहेकाले जनस्वास्थ्यको मापदण्ड पालना हुन नसक्ने खालका सबै सेवा र व्यवसाय कम्तीमा एक महिना नखोल्न सिफारिस गर्ने निर्णय गरेको छ ।

नेपालमा कोरोना नियन्त्रण गर्नको लागि नेपाल सरकारलाई ५ सुझाव । यसरी काम गरे धेरैमा ३ महिनामा पूर्ण नियन्त्रण आउनेछ । १) भारतिय सिमामा भएका / विदेशबाट आउन चाहने नेपालीहरुलाई अविलम्ब कोरोना test गर्दै छिराउनुहोस । जसको positive आउँछ वहाँहरुलाई उतै देशमा राजदुतावासको सहयोगमा उपचार हुने ब्यवस्था मिलाउनुहोस ।

– यसो हुँदा लुकिछिपी सिमा पार गरेर कोहिपनि आउने छैनन र track गर्न पनि सजिलो हुन्छ ।
२) हस्पिटलका डाक्टर ,नर्स, एम्बुलेन्स चालक , कर्मचारीहरुको कोरोना test गर्नुहोस र त्यहाँ भर्ना भएका सबै बिरामीहरुको कोरोना test गर्नुहोस । प्रत्येक हस्पिटलमा कर्मचारी र डाक्टरको test गराईसकेपछी शुल्क लिएर नै भएपनि उक्त हस्पिटलमा आउने नयाँ बिरामिलाई gate मै corona test गराउने ब्यवस्था गराउनुहोस ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here