Home News टिक-टकमा भाईरल गायिका पुजा देवकोटा मिडियामा, हेर्नुस १३ बर्षकी पुजाको जादुमय स्वर...

टिक-टकमा भाईरल गायिका पुजा देवकोटा मिडियामा, हेर्नुस १३ बर्षकी पुजाको जादुमय स्वर (भिडियो सहित )

74
0

पछिल्ले समय टिकटकमा एक लाईभ दोहोरीका बिभिन्न टुक्काहरु भाईरल छन् । मानसिंह खड्का युटुब च्यानलबाट आएको चोली मैल्यै भो गीतमा गाईएको उक्त लाईभ दोहोरीबाट बाल गायिका पुजा देवकोटाका टुक्काहरु टिकटकटकमा सबैले रुचाए ।

यसैबिच पुजा मिडियामा आईन् । आफ्नो गीतमा चलेका कलाकारहरुले टिकटक बनाउँदा उनी खुशी छिन् । पछिल्ले समय सारेगमप रियालिटी शोबाट बाहिरिएकी पुजा कुनै समय आफ्नो बुवा खोज्दै काठमाडौं आएकी थिइन् ।

भाईरल बाल गायिका पुजा देवकोटाका बुवा घर फर्किए । करिव पाँच बर्षदेखि सम्पर्क बिहिन भएका पुजाका बुवा विश्वभरि कोरोनाको प्रकोप चलिरहेका बेला घर आए । लम्कि मल्टिपल क्यापसमा १४ दिन करेन्टाईनमा बसेर हिजो मात्रै पुजाका बुवा घर आईपुगे ।

भारतको हिमाञ्चल प्रदेशमा एउटा अार्मिको घरमा करिव पाँच बर्ष देखि काम गर्दै आएको थिए पुजाका बुवाले भन्नुभयो, कोरोनाको प्रकोपका कारण प्रदेशमा रहेका सबै नेपालिलाई काम गर्ने ठाँउ बाट घर पठाईदिएपछि उनी पनि घर आएको बताउछन् ।

यति बर्ष सम्म कहाँ हराउनु भएको थियो ? के यी साना नानि बाबुको माया लागेन ? भन्ने प्रश्नमा उहाँले माया लाग्थ्यो तर लागेर के गर्नु म संग मोबाइल पनि थिएन र नजिकै कोहि नेपालिहरु पनि नभएका कारण घरमा सम्पर्क हुन सकेन उनले भने । पुजाको घर पनि बन्यो । यतिबेला उनी काठमाडौंमा बसेर पढिरहेकी छिन् । शिशिर भण्डारीसँग उनले यसरी दुख सुखका कुराहरु साटिन् ।

तलको भिडियो हेर्नुहोस्…

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here