Home News दुखद खबर: सल्यानमा बस दुर्घ*टना, कम्तीमा आठ जनाको मृ*त्यु

दुखद खबर: सल्यानमा बस दुर्घ*टना, कम्तीमा आठ जनाको मृ*त्यु

115
0

सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको यात्रुवाहक बस दुर्घ*टनामा हुँदा कम्तीमा सात जनाको मृ*त्यु भएको

सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले आइतबार बिहान भएको दु*र्घटनामा परी सात जनाको मृ*त्यु भएको पुष्टि गरेका छन्। बस सडकबाट २ सय मिटर तल खसेको छ।

‘घटनास्थलमै पाँच जनाको मृ*त्यु भइसकेको छ,’ डिएसपी थापाले सेतोपाटीसँग भने, ‘उद्धार गरी श्रीनगर लगिएका थप दुई बालबालिकाको पनि मृ*त्यु भएको खबर छ।’

थापाले आफू घट*नास्थलमै रहेको र घाइते यात्रुको उद्धार भइरहेको बताए। ‘घाइतेको संख्या धेरै छ,’ उनले भने, ‘हामी उद्धार गरी अस्पताल पुर्‍याउँदै छौं।’ बसमा ३० जना यात्रु रहेको बताइएको छ।

सल्यानको दुलधारा पोखरा खलंगा हुँदै दाङको तुलसीपुरतर्फ आउँदै गरेको बस बिहान पौने ११ बजेतिर कपुरकोटको खारखोला नजिकै दुर्घ*टनामा परेको हो।‌बस दाङको तुलसीपुरस्थित राप्ती त्रिशिद्धेश्वरी यातायात प्रालिको हो। प्रालिका प्रशासनिक सचिव प्रकाश भट्टले ना २ ख २५५२ नम्बरको बस दु*र्घटनामा परेको जानकारी दिए। सेताेपाटी बाट साभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here