Home News तिहार मनाएर फर्किदै गरेका यात्रु चढेको बस दु’र्घटना, ठुलो संख्यामा ज्यान गयो

तिहार मनाएर फर्किदै गरेका यात्रु चढेको बस दु’र्घटना, ठुलो संख्यामा ज्यान गयो

140
0

सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको यात्रुवाहक बस दु’र्घटनामा हुँदा कम्तीमा ९ जनाको मृ’त्यु भएको छ। सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले आइतबार बिहान भएको दु’र्घटनामा परी ९ जनाको मृ’त्यु भएको पुष्टि गरेका छन्।

बस सडकबाट २ सय मिटर तल खसेको छ। थापाले आफू घ’टनास्थलमै रहेको र घा’इते यात्रुको उद्धार भइरहेको बताए। ‘घा’इतेको संख्या धेरै छ,’ उनले भने, ‘हामी उद्धार गरी अस्पताल पुर्‍याउँदै छौं।’ तिहार मानेर फर्किरहेका यात्रु चढेको उक्त बसमाबसमा ३० जना यात्रु रहेको बताइएको छ। १८ जना घा’इतेको सल्यानमा उपचार भइरहेको छ।

सल्यानको दुलधारा पोखरा खलंगा हुँदै दाङको तुलसीपुरतर्फ आउँदै गरेको बस बिहान पौने ११ बजेतिर कपुरकोटको खारखोला नजिकै दु’र्घटनामा परेको हो। बस दाङको तुलसीपुरस्थित राप्ती त्रिशिद्धेश्वरी यातायात प्रालिको हो। प्रालिका प्रशासनिक सचिव प्रकाश भट्टले ना २ ख २५५२ नम्बरको बस दु’र्घटनामा परेको जानकारी दिए।

एक मृतकको सनाखत– प्रहरी निरीक्षक अर्जुन पौडेलका अनुसार जिल्ला अस्पताल सल्यानमा छत्रेश्वरी गाउँपालिका वडा नम्बर २ का २९ वर्षीय तिलक वलीको मृ’त्यु भएको छ। ‘यहाँ आठ जना घा’इतेहरु ल्याएकोमा एक जनाको मृ’त्यु भएको छ,’ उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here