Home News प्रेस काउन्सिलबाट हटेको २४ घण्टा नबित्दैँ रन्किए किशोर श्रेष्ठ, ओली सरकारमाथि लगाए...

प्रेस काउन्सिलबाट हटेको २४ घण्टा नबित्दैँ रन्किए किशोर श्रेष्ठ, ओली सरकारमाथि लगाए यस्तो आरोप !

138
0

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट राजीनामा दिएपछि सरकारमाथि खनिएका छन् । श्रेष्ठले रुष्ट हुदैँ ‘सरकारको ठाडो हस्तक्षेप रोक्न राजीनामा दिएको बताएका हुन

श्रेष्ठको कार्यकाल असोज १३ गते सकिदैछ । तर उनले कार्यकाल सकिनुभन्दा ४ दिन अघि नै शुक्रबार पदबाट राजीनामा दिएका हुन् । उनले बुझाएको राजीनामा पत्र काउन्सिल बोर्डले स्वीकृत गरेको छ ।
उनको राजीनामा स्वीकृती भएसँगै काउन्सिलका वरिष्ठ सदस्य गोपाल बुढाथोकी कार्यवाहक अध्यक्षमा चयन भएका छन् ।

श्रेष्ठले राजीनामा पत्र बुझाउदै काउन्सिलमा सरकारको ठाडो हस्तक्षेप रोक्न आफूले राजीनामा दिएको प्रतिकृया दिए । सरकारले एक महिना अगाडि दुर्गा भण्डारी पौडेललाई कार्यबाहक अध्यक्ष नियुक्त गरेको थियो । सो नियुक्ति रोक्न सर्वोच्चले आदेश दिएपछि सरकारको निर्णय कार्यन्वयन हुनसकेको थिएन । त्यहीकारण श्रेष्ठले पदमा निरन्तरता पाएका थिए ।

२ बर्ष अघि सरकारले प्रेस काउन्सिलको अध्यक्षमा भवानी बराललाई नियुक्त गरेको थियो । तर उनको योग्यतामा प्रश्‍न उठेपछि अदालतमा मुद्दा परेको थियो । सो मुद्धा अदालतमा विचाराधीन रहेकाले काउन्सिलको नेतृत्व कार्यवाहक अध्यक्षबाट हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here