Home News हेटौँडामा बस र ट्रक आपसमा ठो’क्किँ’दा २ को मृ*त्यु, १८ जना घाइतेको...

हेटौँडामा बस र ट्रक आपसमा ठो’क्किँ’दा २ को मृ*त्यु, १८ जना घाइतेको अब*स्था ग*म्भीर

109
0

मकवानपुरको हेटौँडामा यात्रु बाहक बस र ट्रक एक आपसमा ठो’क्किँ’दा २ जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गतको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा जनकपुरबाट हेटौँडा हुँदै काठमाडौँतर्फ जाँदै गरेको ना ७ ख ८७६ नम्बरको यात्रु बाहक बसलाई विपरीत दिशाबाट आउँदै गरेको प्रदेश नम्बर २ ०३०१ ख ५०३५ नम्बरको ट्रकले गए राती १२ः३० बजेको समय एक आपसमा ठ’क्क’र खा’ए’का थिए ।

दुर्घटनामा बसमा सवार २ जना पुरुष यात्रुको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा बसमा सवार हाल नाम थर वतन नखुलेको वर्ष अन्दाजी ३० का २ जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

उनीहरूको हेटौँडा अस्पतालमा उपचारको क्रममा राति साँढे १ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको मृत्यु घोषणा गरेको प्रहरी नायव उपरीक्षक रिमालले बताए ।

उनीहरूको शव हेटौँडा अस्पतालको शव गृहमा राखिएको छ । उनका अनुसार दुर्घटनामा थप १८ जना घाइते भएका छन् । घाइते मध्ये १५ जनाको हेटौँडा–११ स्थित चुरेहिल अस्पतालमा र ३ जनाको हेटौँडा–१ मा रहेको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।

ट्रकको बाराको निजगढ नगरपालिका–४ पुरानोटोल बस्ने वर्ष ३३ को टंकबहादुर बि.क.सामान्य सामान्य घाइते भएको र हाल उनी प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायव उपरीक्षक रिमालले बताए ।

घाइते हुनेहरूमा महोत्तरी बर्दिवास नगरपालिका–१४ बस्ने वर्ष ३९ को ज्ञानेन्द्र चौधरी, धनुषा बिदय नगरपालिका–३ बस्ने वर्ष २६ को महमद सकिल अमद, धनुषा बस्ने वर्ष ३५ को शम्भु दास रहेको प्रहरीले जनाएको छ । उनीहरूको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here