Home Entertainment अब बारीमा गएर सित्तैमा टिकटक बनाउन पाईने छैन, एउटा टिकटकको मूल्य कति...

अब बारीमा गएर सित्तैमा टिकटक बनाउन पाईने छैन, एउटा टिकटकको मूल्य कति ?

119
0

सप्तरी राजविराजका शशन देवकोटाको टिमले गत वर्ष भरतपुर महानगरपालिका ५ समिचोकमा १२ कठ्ठामा पहिलो पटक स्ट्रबेरीको परीक्षण खेती गरे । शशनसहित आठ जनाले स्ट्रबेरीको उत्पादनमाथि अनुसन्धान गरे । स्ट्रबेरीले राम्रो फल दिएपछि उनीहरूले यस वर्ष करिब १८ कठ्ठामा स्ट्रबेरीको व्यावसायिक खेती गरेका छन् ।

गत वर्ष उनीहरूले परीक्षणका लागि लगाएको स्ट्रबेरी फार्म भाइरल नै बन्यो । फार्मभित्र प्रवेश गरि स्ट्रबेरी टिप्दै टिकटक बनाउनेको भिड लागेपछि केही दिनसम्म फार्म नै बन्द गर्नुपरेको थियो । यस वर्ष भने फार्मभित्र प्रवेश गर्नेलाई शुल्क लगाउने योजना रहेको शशन बताउँछन् ।

‘जभाभावी फार्मभित्र पसेर टिकटक बनाउँदा बिरुवाहरु भाँचिए । कति म रे । यस वर्ष त्यसरी पस्न दिइँदैनौँ । दुई तीनवटा लाइनमा मात्र पस्न पाउने, त्यो पनि शुल्क तिरेर मात्र । त्यसो गर्ने योजनामा छौँ’, उनले भने । प्रति व्यक्ति १० देखि २० रुपैयाँसम्म प्रवेश शुल्क लिने योजना रहेको उनले बताए ।

फार्मसम्म ल्याइपुर्‍याँदा एउटा बिरुवाको मूल्य ३५ रुपैयाँ पर्न जाने उनी बताउँछन् । एक सिजनमा प्रति बिरुवा आधा किलोसम्म उत्पादन हुने उनको अनुमान छ । गत वर्ष १२ कठ्ठामा लगाइएको १२ हजार बिरुवाबाट करिब तीन टन स्ट्रबेरी बिक्री भएको उनले बताए । ‘खासमा तिहारअघि नै बिरुवा लगाइसक्नुपर्ने हो । केही बिरुवा गर्मीले मरेकाले लगाउन केही ढिला भयो’, उनी भन्छन्, ‘अब लगाइएको स्ट्रबेरी १५ पुसदेखि पाकेर बिक्री गर्न सकिने हुन्छन् । चैतसम्म बिक्री गर्छौँ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here