Home News सरकारले बजार अनुगमन गरेपछि ह्वात्तै घट्यो प्याजको मूल्य, किलाको कति ?

सरकारले बजार अनुगमन गरेपछि ह्वात्तै घट्यो प्याजको मूल्य, किलाको कति ?

271
0

काठमाडौं-प्याजको मूल्य सरकारले बजार अनुगमन गर्न थालेपछि घट्दै गएको छ । भारत सरकारले निर्यातमा प्रतिबन्ध लगाएपछि कालोबजारी गरी बढाइएको प्याजको मूल्य सरकारले बजार अनुगमन गर्न थालेपछि घट्दै गएको हो ।

व्यापारीहरूले मनपरी प्याजको मूल्य तोक्न थालेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र काठमाडौं महानगरपालिकाले अनुगमन शुरु गरेको थियो ।

भदौ २९ गते औसत थोक मूल्य प्रतिकिलो ६० रुपैयाँ रहेकोमो बढ्दै गई प्रतिकिलो १ सय १९ रुपैयाँसम्म पुगेको थियो ।कालीमाटी बजारमा अहिले प्याजको मूल्य घटेर प्रतिकिलो १ सय २ रुपैयाँ पुगेको छ ।खुद्रा व्यापारीहरूले प्रतिकिलो १ सय ६० रुपैयाँसम्म प्याज बिक्रि गरिरहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here