Home News घरमा २ श्रीमती फेरि मलेसियाबाट फर्किदा कान्छी लिएर आए पछि(भिडियो हेर्नुहोस्)

घरमा २ श्रीमती फेरि मलेसियाबाट फर्किदा कान्छी लिएर आए पछि(भिडियो हेर्नुहोस्)

96
0

मोरङकि एक महिला जस्को बिबाह भएको १३ वर्ष बिति सक्यो । उनका दुई छोरा पनि छन । तर श्रीमानले अहिले लगातार दुई वटा सौता ल्याए पछि आफुलाई घरमा कुटपिट गर्दै घर निकाला गरेको भन्दै अहिले मिडियामा आएकी छिन ।

कुटपिट गरेपछी भने उनका श्रीमान फरार रहेका छन । पीडित महिलाका अनुसार उनका श्रीमान पहिले पनि वैदेशिक रोजगारीमा जाने आउने गर्दा नै आफुसग कुनै सम्पर्क नगर्ने गरेको उनले बताएकी छिन । अहिले पनि उनी त्यस्तै सम्पर्क बिहिन भएको बताइन ।

करिव ५ वर्ष अघि पनि वैदेशिक रोजगारीमा मलेसिया गएर फर्किदा उनका श्रीमानले एक जना राई थरकि महिलालाई लिएर आएको उनले बताईन । त्यतिबेला पनि विवाद भएपछी कुरा जिल्ला प्रशासनसम्म पुगेर त्यहा आफुले सौता स्वीकार गरि मिलापत्र गरेर घर आएको बताईन ।

तर घर आए पछि पनि आफुलाई विभिन्न तनाव दिने गरेको उनले बताईन । त्यही बिबादका बिच उनका श्रीमान ती महिलालाई लिएर गाईघाट बस्दै आएका थिए । त्यहा ति राई थरकी महिलाले आत्माहत्या गरे पछि श्रीमान अर्कै मगर थरकी महिला लिएर पुन फरार भएको उनले बताईन ।

त्यसरी एक पछि अर्को गर्दै श्रीमानले सौता लिएर फरार भए पछि यता घरमा आफुलाई सासू ससुरा, नन्द, आमाजु लगायतले विभिन्न मानसिक तनाव दिने गरेको उनले बताएकी छिन । कहिले तैले गर्दा छोरा हरायो भन्ने त कहिले दाइजो नल्याएको भन्दै आफुलाई कुटपिट गर्ने गरेको उनको भनाई छ ।

त्यस पछि भने आफू त्यहाँ बस्न नसकेर माइती आइ बसेको उनले बताईन । आफू घर बाट हिडे पछि भने देवरले जाडरक्सी खाई सासुससुरालाई कुटपिट गर्न थाले पछि अहिले एक वर्ष यता आफुले सासुससुरालाई पनि सगै राखेर बसेको बताईन ।

आफुले नै सासुससुरालाई पालेर राख्दा पनि कहिल्यै आफुलाई राम्रो ब्याबहार नगरेको उनको भनाई छ । करिव ५ वर्ष देखि फरार रहेका श्रीमानलाई सासुससुराले आफुलाई थाहा नदिइ दशैँमा बोलाएको आफुलाई सानो छोराले बताएको उनले सुनाईन ।

दसैमा भने श्रीमान सौता लिएर आएको उनले बताईन । आमाजु नन्द लगायतले श्रीमान आए पछि आफुलाई घर छोडेर जान भन्दै धम्की दिएको उनले बताईन । आफैले यश अघि सौतालाई श्रीनानसगँ पठाएको पनि उनिहरुले आफुलाई आरोप लगाएको उनको भनाई छ ।

आफुले सौता ल्याएर घर आउन नदिने भने पछि श्रीमान सासू सहित मिलेर आफुलाई कुटपिट गरेको उनले बताईन । उनकी सासुले भने घाटिमा समाएर आफुलाई बेहोस बनाएको र आफू अस्पतालमा हुदा मात्र होस आएको उनले बताईन ।

उनका छोराका अनुसार भने हजुरआमाले आफ्नी आमालाई घाटिमा समाएर लडाए पछि आफू मामाहरुलाई बोलाउन गएको र मामाहरु आएर छुट्याएर अस्पताल लगेको बताए । अब आफुले र छोराले कानुन अनुसार न्याय पाउनु पर्ने उनको माग छ । (भिडियो हेर्नुस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here