Home News “दुबै हात नचलेपछि यसरी खुट्टालेनै लेखेर स्कुल टप नेपालमै,हिड्न पनि सक्दैनन् (हेर्नुस्...

“दुबै हात नचलेपछि यसरी खुट्टालेनै लेखेर स्कुल टप नेपालमै,हिड्न पनि सक्दैनन् (हेर्नुस् भिडियो )”

138
0

“दुबै हात नचलेपछि यसरी खुट्टालेनै लेखेर स्कुल टप नेपालमै,हिड्न पनि सक्दैनन् (हेर्नुस् भिडियो )”

कुनै दृढ इच्छाशक्ति र संकल्प भए जस्तोसुकै अवस्थाको सामना गरि लक्ष्यसम्म पुग्न सकिन्छ भन्ने कुराको जालन्त उदाहरण दिएका छन् गुल्मिका एक होनहार बालकको ।उनले आफ्नो अशक्ततलाई कहिले बोझ सम्झेनन् आफुसग जे छ त्यसैमा सन्तुष्ट रहे ।

गुल्मिको छत्रकोट गाउपालिका वडा नं ४ दिगामका सान्ता कंडेल र लक्ष्मण कंडेलका १४ बर्षिय छोरा ऋिषिराम कंडेल आफ्नो शरिरले आफुलाई ढगे पनि आफ्नो इच्छाशक्तिले जस्तोसुकै चुनौतिलाई पनि किनारा लगाएर आफुले चाहेको पाउन सकिन्छ भन्ने उनी गतिलो उदाहरण हुन् ।

जन्मजात आफ्ना दुबै हात गुमाएका कंडेलले स्थानिय श्रि माध्यमिक बिद्यालयमा कक्षा ६ मा अध्ययन गर्दछन् ।उनी हिड्न डुल्न समेत सक्दैनन्।उनी कुनै पनि सशक्त बिद्यार्थीभन्दा बिल्कुल पनि कम छैनन् ।ऋिषिरामले आफ्नो शरिरको एउटा मात्रै खुट्टा जुन चल्दछ त्यसैले लेखेर कहिले स्कुल टप नै गरे त कहिले दोस्रो र तेस्रो विभिन्न समयअवदिमा भै रहे ।

आफ्ना दुबै हातहरु अशक्त भएपनि आफुलाई त्यस्तो अनुभुत नहुने र मेरो एउटा खुट्टानै हात हो भन्दै उनी बताउँछन् ।उनको मस्तिष्क पनि उस्तै तेजिलो छ उनले एकपटक मात्रै हेरेभने सबै याद भैहाल्छ त्यति मात्रै हैन उनले एकदमै राम्रो चित्र पनि कोर्छन् ।

हेर्नुस् भिडियो सामाग्री

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here