Home Lifestyle हेर्नुस् !केटा बाट केटि बनेपछि विवाह गर्दैछन् उनी, बिहे गर्न केटाहरूको लाइन...

हेर्नुस् !केटा बाट केटि बनेपछि विवाह गर्दैछन् उनी, बिहे गर्न केटाहरूको लाइन लागेपछि यस्तो भयो (भिडियो हेर्नुस्)

464
0

हामिले कहिलेकाही सुन्ने गरेका छौ अहिले लिङ्ग परिवर्तनको कुरा । तर यो वास्तवमा नै भएको छ दाङ जिलाकी अनिता चौधरीको जीवनमा । पहिले शंकर चौधरी अहिले अनिता चौधरी भएकी छिन । आफू पहिले केटा नै जन्मिएको उनको भनाई छ ।

काठमाडौ बस्दै आएकी अनिता तिहार मनाउनका लागि दाङ आएको बेला उनिसगँ कुराकानी भएको हो । उनले अहिले आफ्ना दाईहरुलाई तिहारमा भाइटिका पनि लगाइदिएकी छिन । आफुले शंकरको जिन्दगी बिर्सिसकेको बताईन ।

आफू १४ वर्षको उमेर हुदाँदेखि नै कोहि राम्रो केटा देख्दा उसैप्रती आकर्षित हुने गरेको उनको भनाई थियो । आफू त्यो बेला केटा नै रहे पनि कुनै केटि तर्फ त्यो बेला ध्यान नजाने अनिता बताउँछिन । तर केटा देख्दा भने आकर्षित हुने, नजिक जान मन लाग्ने, बोल्न मन लाग्ने इत्यादि हुने गरेको अनिता बताउँछिन ।

अहिले लिङ्ग परिवर्तन गरेर यो पलि दाजुभाईहरुसगैँ तिहार मनाउदा खुशी लागेको बताउँछिन । पहिले सगैँ बसेर बहिनिको हातबाट टीका लगाउने गर्नेलाई नै आफुले टीका लगाईदिदा लाज पनि लागेको बताईन ।

पहिले सगै बसेर टीका लगाउने भाइ अहिले बहिनी बनेर आफैलाई टीका लगाइदिदाँ दाइहरुलाई पनि पैसा दिएर खुट्टामा ढोग्दा केही असजिलो उनिहरुले महसुस गरेको आफुले पाएको अनिता बताउँछिन । आफुले लिङ्ग परिवर्तन गरेपछी भने कतिपयले हिजडा भन्दै हेला पनि गरेको उनी सुनाउँछिन । त्यो बेला भने आफुलाई बाच्न मन नलाग्ने गरेको उनको गुनासो छ । अहिले आफू पहिलेको शंकर हुदाँको जिन्दगी बिर्सिसकेको बताउँछिन । शंकर चौधरीको अस्तित्व नै नभएको आफुलाई लाग्ने गरेको उनको भनाई छ ।

शंकर बाट अनिता बनेपछी आफू अनितामा नै रमाएको उनको भनाई छ । अब अहिले आफू बिबाह को तयारिमा रहेको पनि अनिताले खुलाएकी छिन । सायद यहि आउने माघ महिनामा बिबाह हुने उनले बताईन । फेसबुकबाट चिनजान भएको ब्याक्तीसगँ बिबाह हुने उनले बताईन । तर नाम भने अहिले नखुलाउने उनको भनाई छ । उनले पनि आफ्नो अन्तरबार्ताहरु सबै हेरेर नै मन पराएको अनिताको भनाई छ । अहिले दुबैको परिवारमा कुरा भै रहेको उनले बताईन । आफुले बिबाह गर्न लागेको केटाको पहिले बिबाह भएर सम्बन्द बिच्छेद भएको र उहाको ६ वर्षको छोरा पनि भएको उनले खुलाईन ।

आफ्नो अन्तरबार्ता हेरेपछी थुप्रै ब्याक्तिहरुबाट आफुलाई बिबाह प्रस्ताव आएको अनिता बताउँछिन । तर खै उहाँसग चै भाग्यले नै जुराएर हो कि प्रस्ताव आफुले स्विकार गरेको भन्दै अनिता सुनाउँछिन । लिङ्ग परिवर्तन गरि महिला बनेपछी भने अनितालाई आइमाईहरुले नै पिसाब फेर्ने ठाउँ कस्तो छ देखाउन भन्ने गरेको पनि खुलाईन । केटि मान्छेले नै कस्तो छ देखाउ भन्दा आफुलाई अचम्म पनि लाग्ने गरेको बताउँछिन । सायद परिवर्तन गरेपछी कस्तो हुने रहेछ भन्न्ने उत्सुकता भएर पनि त्यसो भनेको हुन सक्ने उनी बताउँछिन ।

भिडियो हेर्नुस् :-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here