Home News दाङमा जेसीबी दु’र्घटना, अ’परेटरको घ’टनास्थलमै मृ’त्यु

दाङमा जेसीबी दु’र्घटना, अ’परेटरको घ’टनास्थलमै मृ’त्यु

153
0

दाङ : दाङमा सडक मर्मतकोक्रममा बिहीबार बिहानै जेसीबी दुर्घ’टना हुँदा एक जनाको मृ’त्यु भएको छ। बंगलाचुली गाउँपालिका-५ मा सडक मर्मतको क्रममा जेसीबी दु’र्घटना हुँदा घोराही-१० नारायणपुरका २२ वर्षीय अपरेटर सुनिल बिकको घट’नास्थलमै मृ’त्यु भएको प्रहरीले जनाएको छ।

पर्यटकियस्थल बंगलचुली टावर जाने सडक मर्मतको क्रममा बिहान साढे ४ बजेतिर रा १ क ९१४ नम्बरको जेसिबि दुर्घ’टनामा परेको हो। दुर्घ’टनामा सहचालक बर्दियाको गुलरिया नगरपालिकाका २३ वर्षीय राजकुमार चौधरी घा’इते भएको बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिए। घुम्तीमा सडक मर्मतको क्रममा माटोमा भासिएर जेसिबि दु’र्घटनामा परेको हुन सक्ने अनुमान गरिएको छ।

यो पनि : काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य विगत छ महिनादेखि निरन्तर बढिरहेको छ । पेट्रोलियम पदार्थको अस्वाभाविक रूपमा मूल्यवृद्धि गरिएको भन्दै विरोध हुँदै आएका छन् ।नेपाल आयल निगमले भने मूल्यवृद्धि नभई समायोजन भएको जनाएको छ । मुुख्यतया तीनवटा प्रमुख कारणले गर्दा पेट्रोलियम पदार्थको मूल्य बढिरहेको निगमको दाबी छ ।

नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार नेपालमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुनुको प्रमुख कारण अन्तर्राष्ट्रिय बजार नै हो । हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ८२/८३ डलर पुगेको छ । गत वर्षको मङ्सिरमा प्रतिब्यारेल ४१ डलर थियो ।

एक वर्षमा दोब्बर भएको छ । उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धिका साथै डलरको तुलनामा नेपाली रुपियाँको अवमूल्यनले पनि प्रभाव पारेको हुन्छ ।” निगमका अनुसार हाल भइरहेको मूल्यवृद्धि होइन समायोजन हो । अन्तर्राष्ट्रिय मूल्यअनुसार स्वचालित मूल्यसूची लागू गर्दा हाल पेट्रोल प्रतिलिटर १५२ रुपियाँ पर्छ ।

निगमले प्रतिलिटर ८३.४९ रुपियाँमा खरिद गरेको पेट्रोेललाई ५७.७३ रुपियाँ कर थपेर १३६ रुपियाँमा बिक्री गरिरहेको छ । डिजेलमा सम्पूर्ण कर प्रतिलिटर ४०.४१ रुपियाँ लिँदै आएको छ । मट्टितेलमा प्रतिलिटर १५.०२ रुपियाँ कर लिइएको गोरखापत्र दैनिकमा समाचार छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here