Home News दुखद खबर: १५ वर्षीया किशोरीको जिपबाट ख’सेर मृ’त्यु

दुखद खबर: १५ वर्षीया किशोरीको जिपबाट ख’सेर मृ’त्यु

86
0

डोटीमा जिपबाट ख’सेर एक बालिकाको मृ’त्यु भएको छ।गुडिरहेको जिपबाट ख’सेर शिखर नगरपालिका ८ की १५ वर्षीया आशा विकको मृ’त्यु भएको हो।

दिपायलबाट डडेल्धुरा आइरहेको से १ ज ७१६ नम्बरको जीपबाट उनी खसेकी थिइन्। उनको टाउकोमा चो’ट लागेको थियो।उनको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृ’त्यु भएको प्रहरीले जनाएको छ। जिप चालक र जिपलाई प्रहरीले नियन्त्रणमा लिएको छ।(फाइल फोटो)

यस्तै उदयपुरको त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेब चौधरीलाई पुत्र शोक परेको छ । शनिवार साथीसँग (पिकनिक) बनभोज खान गएका पशु चिकित्सक २८ वर्षिय मनोज चौधरीको चौदण्डीगढी नगरपालिका– १० देबधार खोलास्थित भिमसेन थान मन्दिर नजिक डु’बेर मृत्यु भएको हो ।

बिहान १० बजेतिर घरबाट साथीसँग पिकनिक खान गएका मनोज १ बजेतिर खोलामा नुहाउने क्रममा डु’बेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए । पिकनिक खाना १४ जना साथीहरु मिलेर गएका थिए । घटनास्थल मदन भण्डारी लोकमार्ग देबधारबाट करिब डेढ किलोमिटर माथि जंगलमा पर्दछ । घटना स्थलमा खोलाको पानी ४ फिटभन्दा बढी नभएको बताइएको छ ।

घटना कसरी भयो भन्ने बारेमा प्रहरीले अनुसन्धान थालेको छ । पिकनिक खान गएका साथीहरुकाअनुसार मनोज हराएपछि खोज्ने क्रममा खोलामा डुबेको अवस्था फेला परेको बताएका छन् । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गाईघाटमा राखिएको छ ।

कानुनी प्रक्रिया पुरा गरि आइतवार पोष्टमार्टम गर्ने तयारी गरेको छ । नगर प्रमुख चौधरीको एउटै छोरा हुन् भने उनी बेलका नगरपालिकामा पशु सेवा कार्यालयमा कार्यरत थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here