Home What's Hot अमेरिकी गायिकाले प्रशंसकलाई स्टेजमा बोलाएर मुखमा पिसाब गरिदिएपछि बिश्वभर हंगामा (भिडियोसहित)

अमेरिकी गायिकाले प्रशंसकलाई स्टेजमा बोलाएर मुखमा पिसाब गरिदिएपछि बिश्वभर हंगामा (भिडियोसहित)

111
0

अमेरिकाकी एक गायिकाले लाभइ कन्सर्टका बेला आफ्ना एक प्रशंसकमाथि गरेको हर्कतले बबाल निम्तिएको छ ।

गायिकाको चौतर्फी आलोचना भइरहेको छ । गायिकाले आफ्नो यस्तो व्यवहारका लागि माफी मागेकी छिन् । वास्तवमा गायिका तथा गीतकार सोफिया उरिस्ताले आफ्नो प्रस्तुतीका बेला एक प्रशंसकको अनुहारमा पिसाब गरिदिइन् । उक्त भिडियो भाइरल भएको थियो ।

लाइभ कन्सर्टका बेला स्टेजमा आफ्नो पुरुष प्रशंसकलाई बोलाए र उनलाई सुताएर उनको अनुहारमा पिसाब

न्युयोर्क पोस्टको एक रिपोर्ट अनुसार गायिका सोफिया उरिस्ताले केही दिन अघि लाइभ कन्सर्टका बेला स्टेजमा आफ्नो पुरुष प्रशंसकलाई बोलाए र उनलाई सुताएर उनको अनुहारमा पिसाब गरिन् ।

सोसल मिडियामा यसको भिडियो भाइरल हुने बित्तिकै मानिसहरु भड्किए र माफी माग गर्न थाले । त्यसपछि अन्ततः सोफियाले आफ्नो यो व्यवहारका लागि माफी मागेकी छिन् ।

सोफिया उरिस्ताले इन्स्टाग्राममा आफ्नो उद्देश्य कसैलाई दुःख पु¥याउने नभएको बताइन् । उनले भनिन्, ‘म सधैं स्टेजमा आफ्नो सीमामा नै बसिरहेकी हुन्छ । म कुनै चकित पारिदिने व्यवहारमार्फत् नभई आफ्नो सङ्गीतमार्फत् मानिसहरुको ध्यान आकर्षित गर्न चाहन्छु । जे जति भयो, म यसका लागि माफी चाहन्छु ।’

यो पूरा मामिलामा गायिकाको ब्यान्ड ‘ब्रास अगेन्स्ट’ ले पनि माफी मागेको छ । ब्यान्डले आफ्नो एक बयानमा सोफिया असाध्यै धेरै उत्साहित भएको र यसबारे आफूहरुलाई थोरै पनि आशा नभएको बतायो । ब्यान्डले भनेको छ, ‘हामी बचन दिन चाहन्छौं कि तपाईंहरुले हाम्रो कार्यक्रममा यस्तो अब उप्रान्त हेर्नु पर्नेछैन । ’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here