Home News नेपाली कांग्रेसको १४ औं महाधिवेशन मा गो’ली चल्यो दुई प्रहरीसहित ७ घा’इते

नेपाली कांग्रेसको १४ औं महाधिवेशन मा गो’ली चल्यो दुई प्रहरीसहित ७ घा’इते

66
0

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्युठान जिल्ला अधिवेशनको मतगणना स्थलमा गो’लि चलेको छ । मतगणनाको क्रममा पौडेल – सिटौला पक्षका बिष्णु कुमार गिरीले अग्रता लिएपछि युवाहरुको समूहले अचानक आ’क्रमण गरेको थियो।मतपरिणाममा असन्तुष्टि जनाउँदै युवाहरुले गरेको प्रदर्शनका क्रममा प्रहरीले गो’ली चलाएको छ ।

मंगलबार राति मतगणना स्थल स्वर्गद्वारी क्याम्पसमा कांग्रेस कार्यकर्ता र नेपाल प्रहरी बीच झड्प भएको हो। प्रदर्शनले उग्र रुप लिएको भन्दै स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले सात सेल अश्रु ग्यास समेत प्र’हार गरेको खबर छ । झडपका क्रममा एकजना प्रहरी सहित कम्तिमा ७ जना घा’ईते भएका छन। प्रहरी जवान गोपाल जिसी घा’ईते छ्न।

त्यस्तै, प्रदर्शनकारी तर्फ घा’ईते हुनेमा २३ बर्षिया चन्द्र बहादुर गाह, कृष्ण बसेल, स्वर्गद्वारी नगरपालिका -२ का २० बर्षिया कमल घर्ती,नौबहिनी -६ का २६ बर्षिया कुंवर पुन, २३ बर्षिया बिनोद रिजाल र प्युठान नगरपालिका -७ का खेमराज पण्डित रहेका छन। घाईतेहरुलाई उपचारका लागि प्युठान जिल्ला अस्पताल बिजुवार ल्याईएको छ।

देउवा र पौडेल – सिटौला पक्षले प्यानल बनाएरै भएको निर्वाचनपछि मतगणनास्थलमा आ’क्रमण भएको थियो। झण्डै दुई घन्टा अघि देखिको तना’ब अझै साम्य भएको छैन। आक्र’मणपछि अहिले मतगणना कार्य स्थगित भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here