Home News अबको एमालेको अध्यक्ष कुन? भिम रावल वा केपि ओलि कमेन्ट गर्नुहोस् !

अबको एमालेको अध्यक्ष कुन? भिम रावल वा केपि ओलि कमेन्ट गर्नुहोस् !

142
0

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दशौं महाधिवेशनमा आफूले उम्मेदवारी दिने निर्णय गरिनसकेको बताएका छन् । अध्यक्ष ओलीले उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेर आफूप्रति आदर, सम्मान र स्नेहभाव देखाएको प्रतिक्रिया समेत दिए ।

मंगलबार सम्पादकहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अलिबढि खटनु हुन्छ, थकाई लाग्छ, आराम गर्ने होकि भनेर उपाध्यक्ष रावलले अध्यक्षमा उम्मेदवारी दिएर आफूलाई सम्मान गरेको र त्यसबाट आफू प्रभावित भएको पनि बताए । अध्यक्ष ओलीले आफू अध्यक्षमा नउठे हुन्थ्यो भन्ने बाहिरका केही मानिसहरुको सुझाव रहेको पनि बताए । उनले लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्वमा आउने कुरालाई आफूले नरोक्ने पनि स्पष्ट पारे ।

पार्टीको पदाधिकारी वा केन्द्रिय समितिमा आउनेहरुलाई आफूले आफूले कुनै दवाव र प्रभावमा नपार्ने अध्यक्ष ओलीको भनाई थियो । उनले सर्वसम्मति वा सबैभन्दा बढी मत ल्याएर निर्वाचित हुने वरिष्ठ उपाध्यक्ष वा महासचिवलाई आफूले सबैभन्दा बढी मन पराउने बताए ।

अध्यक्ष ओलीलाई तपाईले बढी मन पराएको वरिष्ठ उपाध्यक्ष र महासचिव को भनि प्रश्न गरिएको थियो । त्यसको जवाफमा उनले सर्वसम्मती वा सबैभन्दा बढी मत लिएर निर्वाचित हुने वरिष्ठ उपाध्यक्ष वा महासचिवलाई आफूले सबैभन्दा बढी मन पराउने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here