Home News कठै !घर जग्गा राखेर श्रीमान विदेश गए,अहिले उतै स्त्रीसंग मोज गर्दा घर...

कठै !घर जग्गा राखेर श्रीमान विदेश गए,अहिले उतै स्त्रीसंग मोज गर्दा घर नै बिर्सिए (भिडियो हेर्नुस्)

45
0

केही पैसा कमाएर घर परिवारलाई सुख दिने सोचले परिवार छोडेर बिदेशिनेहरु थुप्रै छन अहिले । त्यसरी बिदेशिएका कतिपय भने बिदेश पुगेर घर परिवारको दुख नै बिर्सेर उतै रमाउने गरेका घटनाहरु थुप्रै छन ।

यस्तै भएको छ हेटौंडा १४ नयाँवस्तिकी गंगा राना मगरको परिवारमा पनि । उनका श्रीमान केशरकुमार राना मगर करिव १० वर्ष अघि साउदी गएका थिए । तर गए देखि नै उनी सम्पर्क बिहिन जस्तै छन । कहिलेकाही फोन सम्पर्क भए पनि झगडा गर्ने गरेको गंगा बताउँछिन ।

१० वर्ष अघि जग्गाको लालपुर्जा धितो राखेर साउदी गएका केशर कुमार मगरले अहिले सम्म जग्गा उकास्ने पैसा त परको कुरा घरमा एक रुपैया खर्च पनि नपठाएको गंगा बताउछिन । श्रीमान बिदेश गए देखि अहिलेसम्म घर पनि नआएको उनले बताएकी छिन ।

श्रीमान सगैँ एउटै कम्पनिमा गएका गाउँका अन्य दुई जनाले मासिक ३०/४० हजार घरमा पठाउने गरेता पनि आफ्नो श्रीमानले भने कहिले पनि पैसा नपठाएको गंगा बताउँछिन । श्रीमान घरमा सम्पर्क पनि नगर्ने गरेको उनको भनाई छ ।

श्रीमान सगैँ गएका अन्य दुई जना दुई वर्षमा घर आएता पनि श्रीमान भने न आएको उनको भनाई छ । उनी सगै गएर आउनेले आफुहरुले सम्झाएको भए पनि सम्झाउदा तिमिहरुलाई के चासो भन्दै झगडा गर्न खोज्ने गरेको उनिहरुले आफुलाई बताएको गंगाको भनाई छ ।

आफुले फोनमा सबैले पैसा पठाउँछन आफ्नो त ऋण पनि छ तिर्नु पर्छ भन्दा जस्ले पैसा पठाउँछ उसैसगँ पोइला जा भन्ने गरेको गंगाले बताईन । दुई छोराछोरी रहेको र तिनिहरुलाई पढाउन खान गार्‍हो भए पनि श्रीमानले पैसा नपठाएको उनले बताईन ।

साहुले पैसा नतिर्ने भए घर छोड भन्दै आउने गरे पछि आफुले कुबेतमा रहेकी आफ्नी बहिनिसगँ पैसा मागेर जग्गा उकासेको उनले बताईन । बहिनिको ऋण तिर्न आफू छोराछोरी छोडेर कुबेत गएको उनले बताईन । तर कुबेत पनि दुई वर्ष बसे पछि आफ्नो हात भाचिएर फर्किनु परेको उनको भनाई छ । जसतसो ऋण तिरेता पनि अब अहिले घरमा छोराछोरीको पालनपोषण तथा उनिहरुलाई पढाउन समस्या भएको उनले बताईन । अरुले भने अनुसार श्रीमान नेलाल आउँदै जाफै गर्ने गरेको सुनेको उनले बताईन । अब श्रीमानलाई नेपाल फर्काउन सहयोगका लागि आफू मिडियामा आएको उनले बताईन ।

भिडियो हेर्नुस :-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here