Home News प्रधानमन्त्रीज्यू, खतिवडामा के छ ? कुलमानमा के छैन ?

प्रधानमन्त्रीज्यू, खतिवडामा के छ ? कुलमानमा के छैन ?

117
0

१५ असोज, काठमाडौं । केपी शर्मा ओली प्रधानमन्त्रीका रुपमा आफ्नो दोस्रो तथा सम्भवतः अन्तिम कार्यकालको मध्यविन्दूमा छन् । यस्तो लाग्दैछ कि उनी आप्mनो दोस्रो कार्यकाललाई बिर्सन लायक बनाउन कुनै कसर छाड्नेवाला छैनन् ।

कुनै पनि लोकतान्त्रिक सरकारका लागि सबैभन्दा आधारभूत मान्यता हो, जनमतको कदर । तर, प्रधानमन्त्री ओलीले नेतृत्व गरेको वर्तमान सरकार जनमतको अनादर र अपमान गर्दै अघि बढिरहेको छ ।कुलमान घिसिङलाई विद्युत प्राधिकरणबाट विदा गर्ने, वामदेवलाई राष्ट्रिय सभामा लैजाने र डा. युवराज खतिवडालाई अमेरिकी राजदूतमा नियुक्त गर्ने सरकारका पछिल्ला तीन कदम जनभावना विपरीत छन् ।

वामदेवको नियुक्तिमा प्रधानमन्त्रीको चाहनाभन्दा पार्टीको समीकरण वा दबाव निर्णायक थियो भन्ने मानौं । तर, कुलमान र डा. खतिवडाको सन्दर्भमा भएका निर्णयहरुका लागि सिधै उनी जवाफदेही छन् । उनले जनतालाई जवाफ दिनुपर्छ । कुलमान के कारणले प्राधिकरणमा निरन्तरता पाउन वा अर्को कुनै पदका निम्ति योग्य भएनन्, र खतिवडा के–कति कारणले यत्रतत्र अपरिहार्य भए भन्ने प्रश्नलाई उनले कार्पेटमुनि कोच्न सक्दैनन् ।

डा. युवराज खतिवडालाई अर्थमन्त्री नियुक्त गर्दा देशवासीले ओलीको सह्राना गरेका थिए । पार्टीका हस्ती नेताहरुलाई पन्छाउँदै विज्ञता रोजेकोमा उनलाई विपक्षीले पनि धन्यवाद दिएका हुन् । देशले अहिलेसम्मकै राम्रो अर्थमन्त्री पाएको भनेर आशाको लहर सिर्जना भएको हो । तर, जनताले सोचेजस्तो, चाहेजस्तो ‘चमत्कार’ खतिवडाबाट हुन सकेन । उनको कार्यसम्पादन औसत मात्र रह्यो ।

अर्थतन्त्रलाई माथि उकास्न कुनै गतिलो भिजन प्रस्तुत नगरेको, बजेट कार्यान्वयनको कमजोरी हटाउन नसकेको तथा कर संकलनमा मात्रै जोड दिएको लगायत आरोप खतिवडाले खेपे ।

अर्थमन्त्रीको कुर्सीमा अढाई वर्ष बस्दा डा. खतिवडाले केही गर्न खोजेका पनि हुन् । तर, सिधै आमजनतालाई छुने गरी कुनै ठोस कार्यक्रम दिन नसक्दा उनको पहिलेको क्रेज समाप्त भयो । त्यही भएर उनको बहिर्गमनमा जनता दुःखी भएनन् ।

सत्तारुढ नेकपाभित्र पनि खतिवडाप्रति बढ्दो असन्तुष्टि थियो । पार्टीभित्रको बीजजगणितले किनारामा पु¥याइएका ओलीले उनको निरन्तरताको पक्षमा अडान लिने अवस्था थिएन ।

मुटुमाथि ढुंगा राख्दै अर्थमन्त्रीबाट विदा गर्नु परे पनि ओलीले खतिवडालाई आफूबाट टाढा हुन दिएनन् । मन्त्रीसरहको सुविधासहित खतिवडा प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार नियुक्त भए । जब कि ओलीसँग आर्थिक सल्लाहकारका रुपमा डा. लालशंकर घिमिरे पहिल्यै थिए । सल्लाहकारमाथि विशेष सल्लाहकार खप्टिएर जगहँसाई गर्दै ओलीले खतिवडाप्रति आफ्नो अतिरिक्त अनुरागको प्रदर्शन गरे ।

अर्थमन्त्रालय आफैंले राखेर सबै जिम्मेवारी खतिवडालाई नै दिने प्रधानमन्त्रीको विभत्स सोचसमेत देखियो । तर, फेरि आफैंलाई जिल्याउँदै ओलीले खतिवडालाई अमेरिकाको राजदूतमा सिफारिस गरेका छन् ।

डा. खतिवडा राजदूत बन्न योग्य व्यक्ति हुन् वा होइनन् भन्ने प्रश्न होइन । प्रश्न यो हो कि एउटै व्यक्तिलाई राज्यले कतिपटक, कति ठाउँमा अवसर दिने ?

ओलीकै आशिर्वादमा यसअघि पनि डा. खतिवडा शक्तिशाली पदहरुमा पुगिसकेका छन् । राष्ट्रिय योजना आयोगको सदस्य, दुईपटक उपाध्यक्ष, फेरि नेपाल राष्ट्रबैंकको गभर्नर भए उनी । त्यसपछि अर्थमन्त्री, प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार हुँदै अहिले राजदूत । एउटा पदबाट ओर्लिएर लामो सास फेर्न नभ्याउँदै ओलीले उनलाई अर्को पदमा बसालिरहे । खतिवडा पनि मुस्कुराउँदै ओलीप्रति कृतज्ञता प्रकट गरिरहे । तर, एउटै व्यक्तिलाई यतिधेरै अवसरको खात लगाउनु हदभन्दा बढी आशक्ति हो ।

खतिवडा स्वयंलाई पनि यो पछिल्लो नियुक्तिले फाइदा गर्दैन । भर्खर केन्द्रीय अर्थमन्त्रीबाट निवृत्त भएको व्यक्तिले राजदूतको जागिरमा ¥याल काढ्नु हुन्थेन । सामान्यतया राजदूत भनेको सहसचिवस्तरको पद हो । नेपालमा चाहिँ व्यक्ति हेरेर राजदूत पदको हैसियत घटबड गर्ने विकृत परम्परा बसाइएको छ । सरकारको तवविजमा राजदूत पदलाई आवश्यकता अनुसार सचिवस्तरदेखि मन्त्रिस्तरको बनाइन्छ । जबकि हामीले हैसियत बढाउँदैमा सम्वन्धित देशले त्यसलाई बढी महत्व दिने होइनन् । उनीहरुले राजदूतलाई सहसचिवकै हैसियतमा व्यवहार गर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here