Home News ४४४ किलो वजन भएको युवक आफूलाई सुहाउँदो श्रीमतीको खोजीमा

४४४ किलो वजन भएको युवक आफूलाई सुहाउँदो श्रीमतीको खोजीमा

186
0

२७ वर्षीया पाकिस्तानी वेटलिफ्टर उनको ४४४ किलो वजन भएको शरीरलाई मिल्ने पत्नीको खोजीमा छन् । ४४४ केजीका वेटलिफ्टर आफ्नी दुलही कम्तीमा पनि सय किलोको चाहन्छन् तर त्यस्ती युवती नपाउँदा उनले तीन सय प्रस्ताव समेत अस्वीकार गरिसकेका छन् ।

हयातलाईमात्र होइन उनको परिवारलाई आफ्नो घरकी बुहारीको वजन कम्तीमा १०० किलो हुनुपर्ने लाग्छ । तिनको विचारमा दुलाहा दुलहीबीच धेरै भिन्नता भयो भने जोडी जम्दैन ।

परिवार त अझ अरबाबकी दुलहीको उचाई पनि ६ फिट चार इन्च होस् भन्ने चाहन्छ । साथै युवतीलाई राम्रो खाना बनाउन आउनुपर्छ । हयातले दैनिक हजार क्यारोरी भएको खाना खान्छन् । उनी दैनिक ३६ वटा त अण्डा खान्छन् ।

यो पनि पढ्नुहोस्, सन् २०२२ को नोभेम्बरमा हुने विश्वकपको तयारी गरिरहेको कतारले सबै विदेशी नागरिकलाई देश छोड्न अल्टिमेटम दिएको छ। कतार सरकारले दिएको निर्देशन अनुसार अब कतारमा रहेका कामदारले २०२२को अगष्टसम्म देश छोड्नु पर्ने भएको हो।

कतार सरकारको यस्तो निर्णयसँगै त्यहाँ बसेर काम गर्दै आएका थुप्रै आप्रवासी कामदार आफ्नै देश फिर्ता हुन् वाध्य भएका हुन्। त्यहाँको सरकारले कामदारलाई आफ्नो देश छोड्न निर्देशन दिएपनि ५ महिनाको तलब भत्ता समेत उपलब्ध गराउने घोषणा गरेको बताइएको छ।

आप्रवासी कामदार सम्बन्धि यस्तो नियम ल्याएसँगै त्यहाँ बसोवास गर्ने नेपालीसमेत प्रभावित हुने भएका छन्। कतारमा चार लाखको हाराहारीमा नेपाली कामदार रहेको हालको अवस्थामा त्यहाँको सरकारको यस्तो निर्णयले उनीहरुमा थप अन्योल उत्पन्न भएको छ।

घरबाट थुप्रै सपना बोकेर विदेशिएका युवाहरु छिटै फर्किन वाध्य हुने अवस्था आएपछि निकैको परिवारमा तनाव आएको छ। तर कतार सरकारले बिदा समयको तलबभत्ता दिने र अपडाउनको टिकट समेत उपलब्ध गराएको अवस्थामा धेरै मार नपर्ने बुझिएको छ।

कतारमा सन् २०२२ मा हुने विश्वकपको लागि तयारी सुरु भइसकेको समाचार समेत हामीलाई प्राप्त भएको छ। सो खेलका लागि अहिले विभिन्न देशबीच छनोट खेलसमेत भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here