Home News काठमाडाैँका यी २० वर्षीय युवकको मोबाइलमा ४६ युवतीको ‘नग्न’ भिडियोः कसरी पार्थे...

काठमाडाैँका यी २० वर्षीय युवकको मोबाइलमा ४६ युवतीको ‘नग्न’ भिडियोः कसरी पार्थे जालमा ? यसरी भयो पर्दाफास !

86
0

१५ वर्षीया दीक्षा कार्की (नाम परिवर्तन) काठमाडौँको एक राम्रै परिवारकी सदस्य हुन् । बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत दीक्षालाई उनकी भाउजूले केही दिनअघि भोटाहिटीस्थित साइबर ब्युरोमा ल्याइन् ।

खासमा दीक्षा जुन युवकबाट मा नसिक या तनासँगै यौ न शो षणमा परेकी थिइन्, ती युवकलाई दीक्षाले चिनेकी थिइनन् । युवकले आफ्नो इन्स्टाग्राम आइडीबाट दीक्षालाई म्यासेज पठाएका थिए । सोही म्यासेजको रिप्लाई गर्दा दीक्षाले लामो समय मा नसिक या तनासँगै यौ न शो षणको शि कार बन्नुपरेको थियो ।

करिब ६ महिनाअघि दीक्षालाई उनको इन्स्टाग्राममा एउटा म्यासेज आयो । Ginp-Yeo-Ho ​ नाम गरेको आइडीबाट आएको म्यासेजमा सामान्य हाई हेल्लो मात्रै गरिएको थियो । दीक्षाले आफ्नो इन्स्टाग्राममा म्यासेज देखे पनि लामो समय कुनै जवाफ दिइनन् । तर एकदिन खै किन हो उनलाई उक्त म्यासेजको रिप्लाई गर्न मन लाग्यो । उनले हेल्लो भनेर म्यासेज पठाइन् ।

जब दीक्षाले रिप्लाई गरिन्, त्यसपछि उक्त आइडीबाट पनि सामान्य प्रकृतिको कुराकानी सुरु भयो । युवकले आफू नेपाली नै भएको तर बैंककमा बस्ने गरेको बताए । युवकले किशोरीलाई कहाँ कति कक्षामा पढ्ने, घरमा को को हुनुहुन्छ लगायतका कुराहरू सोधे । दीक्षाले त्यसको जवाफ दिइन् । उनीहरू बिस्तारै फेसबुकमा जोडिए ।

सामान्य औपचारिकताको कुराकानी चलिरहेकै समयमा एक्कासि युवकले दीक्षालाई अ श्लील गा लीसहितको म्यासेज पठाए । न चिनेको, न जानेको । अज्ञात व्यक्तिले गा लीग लौज गर्दै म्यासेज पठाएपछि दीक्षालाई पनि रिस उठ्यो । उनले पनि युवकलाई अ श्लील गाली गर्दै म्यासेज पठाइन् । केही समय दुवैबीच अ श्लील गा लीगलौज भयो ।

त्यसलगत्तै युवकले दीक्षाले पठाएका ती सबै अ श्लील गा लीग लौजका स्क्रिनसट दीक्षालाई नै पठायो । अनि भन्यो, अब यो सबै स्क्रिनसट तिम्रो बुवा आमा तथा परिवार, तिम्रो स्कुलको प्रिन्सिपल र तिम्रा साथीहरूलाई पठाइदिन्छु र तिम्रो बेइज्जती गराइदिन्छु ।

१५ वर्ष मात्रै भएकी दीक्षा आत्तिइन् । आफूले कहिल्यै त्यस्तो बोल्ने गरेको परिवारलाई थाहा नभएको र प्रिन्सिपलले थाहा पाएमा स्कुलबाट नि लम्बित समेत हुन सक्ने चिन्ता उनलाई भयो । त्यसपछि दीक्षाले ती युवकलाई त्यस्तो नगरी दिन अनुनय विनय गर्न थालिन् ।

युवकले दीक्षाको त्यही डरलाई आफ्नो ह तियार बनाए । अनि दीक्षासँग ब्ल्या-कमेल गर्न थाले । ‘तिमीले पठाएको म्यासेज तिम्रो परिवार र प्रिन्सिपल लगायतलाई नपठाउने भए तिम्रो स्त नको ना ङ्गो फोटो पठाऊ’ भनेर युवकले ब्ल्या कमेल सुरु गर्‍यो । दीक्षाले युवकको प्रस्ताव अस्वीकार गरिन् ।

दीक्षा बा ध्य भएर अनुहार नै आउने गरी आफ्नो शरीरको न ग्न फोटो पठाउन थालिन् ।

तर युवकले अनुहार नदेखाइ पठाउँदा के फरक पर्छ र । तिमी भन्ने पनि त चिन्दैन भन्दै फ काउन र ध म्काउन थाल्यो । त्यसपछि दीक्षाले अनुहार नआउने गरी आफ्नो न ग्न शरीरको फोटो खिचेर युवकलाई पठाइन् । युवकले धेरै भन्दा धेरै फोटो पाइसकेपछि फेरि अर्को ब्ल्या कमेल सुरु गर्‍यो कि तिम्रो आइडीबाट आएपछि तिमी नै हो भन्ने थाहा भइहाल्छ, अब अनुहार सहितको पठाऊ ।

दीक्षाले उक्त प्रस्ताव ठाडै अस्वीकार गरेपछि युवकले फेरि दीक्षाको आइडीसमेत आउने गरी स्क्रिनसट गरेर अरूलाई पठाइदिन्छु भन्दै ध म्का उन थाल्यो । दीक्षा बा ध्य भएर अनुहार नै आउने गरी आफ्नो शरीरको न ग्न फोटो पठाउन थालिन् ।
सुरुमा अनुहारबाहेकको फोटो मागेको युवक झनै हौसिन थाल्यो र पछि अनुहारसहित आउने गरी न ग्न शरीरको भिडियो नै माग्न थाल्यो ।

दीक्षाले आफ्नो इज्जत जोगाउन भन्दै युवकले जे जे भन्यो, त्यही गर्न थालिन् । युवकले दीक्षालाई न ग्न शरीरमा ह स्तमै थुनसम्म गरेको भिडियो पठाउन भन्दै ध म्काउन थाल्यो । दीक्षा युवकले जे जे भन्यो त्यही त्यही गर्न थालिन् । त्यसपछि युवकले दीक्षालाई आफू बैंककमा नभएर काठमाडौँमै भएको र भेट्न आउन दबाब दिन थाल्यो । दीक्षाले भेट्ने प्रस्ताव अस्वीकार गर्ने कोसिस त गरिन् तर युवकले ध म्काउन छाडेन ।

युवकको ध म्की अब परिवार र प्रिन्सिपलभन्दा माथि पो र्न सा इटमा हालिदिन्छु भन्नेसम्मको आउन थाल्यो । युवकले दीक्षाको अ श्लील भिडियो पो र्न साइटमा अपलोड गरिसकेको भन्दै त्यसको स्क्रिनसट पनि दीक्षालाई पठाउन थाल्यो र भेट्न नआए त्यो पब्लिक गरिदिने भन्दै ध म्की दिन थाल्यो । तत्काल भेट्न आउन र आफूसँग समय बिताउन ध म्की दिन थालेपछि दीक्षा दिनानुदिन तनावमा पुगिन् ।
महानगरपालिका १२, भोटेवहाल घर भएको २० वर्षीय लव खड्गी । पेसाले लव एक ट्याटु आर्टिस्ट थिए

उनी विद्यालय र घरमा खाली ढोका थुनेर बस्ने र झो क्राउने गर्न थालिन् । युवकले दिएको त नावले दीक्षा एक किसिमको डि प्रेसनमा पुगिसकेकी थिइन् । के गर्ने के नगर्ने केही सोच्न सकेकी थिइनन् । पहिले सधैँ ‘कुल’ रहने दीक्षामा एक्कासि परिवर्तन आई सामान्य कुरामा पनि रिसाउने गर्न थालेपछि उनकी भाउजूले दीक्षाको गतिविधिमाथि निगरानी बढाउन थालिन् । दीक्षामा आएको परिवर्तनपछि भाउजूले दीक्षालाई बोलाएर सम्झाउँदै के भएको हो भन्नुस् भनेर सोधिन् ।

ती युवक थिए काठमाडौँ महानगरपालिका १२, भोटेवहाल घर भएको २० वर्षीय लव खड्गी । पेसाले लव एक ट्याटु आर्टिस्ट थिए र ऊ वसन्तपुरमा रहेको एक ट्याटु पसलमा काम गर्थे ।

त्यसपछि बल्ल दीक्षाले आफू समस्यामा परेको र युवकले बारम्बार ध म्की दिँदै मा नसिक या तना र यौ न शो षण गरिरहेको बारे भाउजूलाई बताइन् । भाउजूले दीक्षालाई सम्झाउँदै तिमीलाई कुनै समस्या हुँदैन, त्यो व्यक्तिले तिमीलाई कुनै क्षति पुराउन सक्दैन हिँड उजुरी गरौँ र युवकलाई प क्राउ गरौँ भनेपछि दीक्षा तयार भइन् । बुवा, दाजु आदि कसैलाई पनि जानकारी नदिने शर्तमा दीक्षा भाउजूसँगै भोटाहिटीस्थित साइबर ब्युरोमा पुगिन् । अनि घटनाबारे महिला प्रहरीसँग बेलिबिस्तार लगाउँदै आफू अत्यन्तै तनावमा पुगेको र डि प्रेसनको शि कार भइसकेको बताइन् ।

महिला प्रहरीले दीक्षालाई सम्झाउँदै त्यस्तो केही नहुने र युवकलाई पक्राउ गर्न सकिए ती प्रमाण सबै नष्ट गराउन सकिने भन्दै सम्झाएपछि दीक्षा केही सम्हालिइन् र ब्युरोमा उजुरी दिइन् । प्रहरीले फेरि दीक्षालाई उक्त युवकसँग कुराकानी गर्न र भेट्न आउन तयार रहेको बारे बताउन भने । दीक्षाले युवकको मोबाइल नम्बर पनि मागिन्, तर युवकले मोबाइल नम्बर दिन मानेन ।

बरु आफूले तिमीलाई चिन्ने भएको कारण वसन्तपुरको कुमारी घर छेउमा आउन भन्यो । दीक्षाले प्रहरीसँगको समन्वयमा उक्त प्रस्ताव स्वीकार गरिन् र मङ्सिर २ गते दीक्षा सादा पोसाकका प्रहरीसँगै युवकलाई भेट्न वसन्तपुर पुगिन् । केही समयपछि युवक पनि त्यहीँ आइपुग्यो र आफू त्यही युवक भएको बताएसँगै प्रहरीले युवकलाई प क्राउ गर्‍यो ।

ती युवक थिए काठमाडौँ महानगरपालिका १२, भोटेवहाल घर भएको २० वर्षीय लव खड्गी । पेसाले लव एक ट्याटु आर्टिस्ट थिए र ऊ वसन्तपुरमा रहेको एक ट्याटु पसलमा काम गर्थे । आफू बैंककमा बस्ने गरेको बताए पनि लव कहिल्यै बैंकक पुगेका थिएनन् । काठमाडौँमै बसेर किशोरी र युवतीहरूसँग कुराकानी गर्थे र न ग्न फोटो तथा भिडियो माग गरी ब्ल्याकमेल गर्थ्यो । तर उसले कहिले पनि आफ्नो सक्कली नाम तथा ठेगाना बताउँदैनथिए ।

न त आफ्नो रियल फेस नै देखाउँथे ।
साइबर ब्युरोका प्रवक्ता एसएसपी नविन्द अर्यालका अनुसार लव खड्गीले ४ दर्जनभन्दा बढी किशोरी र युवतीलाई यसै गरी रोमियो ट्रयापमा पारेको पाइएको छ । अर्यालका अनुसार खड्गीको निसानामा १५ देखि १८ वर्षसम्मका किशोरी बढी परेका छन् । कक्षा ९ देखि १२ कक्षासम्म पढ्ने किशोरीहरू खड्गीको रोमियो ट्रयापमा परेको पाइएको अर्यालले बताए ।

साइबर ब्युरोका प्रवक्ता एसएसपी नविन्द अर्यालका अनुसार लव खड्गीले ४ दर्जनभन्दा बढी किशोरी र युवतीलाई यसै गरी रोमियो ट्रयापमा पारेको पाइएको छ । अर्यालका अनुसार खड्गीको निसानामा १५ देखि १८ वर्षसम्मका किशोरी बढी परेका छन् । कक्षा ९ देखि १२ कक्षासम्म पढ्ने किशोरीहरू खड्गीको रोमियो ट्रयापमा परेको पाइएको अर्यालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here