Home News अब लकडाउन हुँदैनः स्वास्थ्य मन्त्री ढकाल.. सेयर गराै

अब लकडाउन हुँदैनः स्वास्थ्य मन्त्री ढकाल.. सेयर गराै

127
0

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अब उपत्यकामा लकडाउन नहुने बताएका छन् । शुक्रबार राष्ट्रिय व्यवसायिक पहल (एनबीआई) का पदाधिकारीहरुसँगको भेटमा मन्त्री ढकालले अब फेरी पनि लकडाउन नहुने बताएका हुन । भेटमा एनबीआईका अधिकारीहरुले उद्योग व्यवसाय धरासायी भएको भन्दै लकडाउन नगर्न सुझाव दिएका थिए । सोही भेटमा मन्त्री ढकालले सरकार अब पनि लकडाउन गर्ने पक्षमा नरहेको बताएका हुन् ।

‘लकडाउनको विषयमा आएको समाचारमा सत्यता छैन, मन्त्री ढकालले भने ‘सरकार अब लकडाउनलाई निरन्तरता दिने मनस्थितिमा छैन ।’ सिमित स्रोत र साधनका बाबजुद सरकारले अधिकतम सेवा पुर्याउन प्रयासरत रहेको भन्दै आम नागरिकले निर्धारित मापदण्डको पालना गर्न मन्त्री ढकालले सबैलाई आग्रह गरेका छन् ।

याे पनि पढ्नुहोस्

करका दर र अन्तशुल्क घटाउने सरकारको निर्णय स्वागतयोग्य भएको व्यवसायीहरुले बताएका छन् । मन्त्रिपरिषद्को बिहीबारको बैठकले करका दर र अन्तशुल्क घटाउने निर्णय गरेपछि व्यवसायीहरु उत्साहित हुँदै स्वागत योग्य कदम भनेका छन् ।

सरकारले गरेको करका दर र अन्तशुल्क घटाउने निर्णय बिहीबार नै राजपत्रमा प्रकाशित गई कार्यान्वयनमा आइसकेको छ । खासगरी विद्युतिय सवारीसाधनमा सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत अन्तशुल्क बढाउने निर्णय गरेको थियो ।

तर, बिहीबार फेरी अन्तशुल्क घटाउने निर्णय गरेपछि अटोमोबाइल्स व्यवसायीहरुले पनि स्वागत योग्य भनेका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले विद्युतिय सवारीसाधनमा अन्तशुल्क घटाउनु स्वागत योग्य भएको बताए ।

यस्तै सवारीसाधन खरिदमा न्यूनतम ५० प्रतिशत डाउनपेमेन्ट गर्ने व्यवस्थालाई पनि सरकारले घटाइदिनुपर्ने बताए। सवारी साधनको डाउनपेमेन्टलाई ५० प्रतिशतबाट घटाएर १० प्रतिशतमा कायम गर्ने व्यवस्था गरिदिन पनि सरकारसँग आग्रह समेत गरे ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले आयातित वस्तुमा लिने अन्तशुल्क र करका दर घटाउँदा सरकारको राजस्व झनै बढने बताए । अन्तशुल्क घटाउँदा सबै सामान वैधानिक माध्यमबाट आउने र आयातको आकार बढने हुँदा राजस्व पनि बढ्ने उनको भनाई छ । त्यस्तै कर घटाउँदा कम मूल्यमा वस्तु विक्री गर्न सक्ने भएकाले उत्पादन पनि बढ्न जाने र त्यसबाट रोजगारी बढने भएकाले राजस्वमा स्वतः वृद्धि हुने श्रेष्ठले बताए ।

व्यवसायीहरुले आयातित वस्तुको अन्तशुल्क घटाउनु सकारात्मक भएपनि भन्सार प्रक्रियामा सुधारको आवस्यकता रहेको बताएका छन् । खासगरी भ्याट फिर्ता लगायतका विषयमा अझैपनि प्रक्रिया नमिल्दा लागत बढ््न गई उपभोक्तालाई मूल्यमा मार परेको व्यवसायीहरुको तर्क छ । जसका कारण देशमा राजस्व संकलन लक्ष्य अनुसार हुन नसकेको पनि व्यवसायीहरुको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here