Home Lifestyle सडकमा बसेर अम्बा बेच्ने बैनीहरु, भन्छन्– दुःख गरेर खानुपर्छ ( भिडियो हेर्नुहोस)

सडकमा बसेर अम्बा बेच्ने बैनीहरु, भन्छन्– दुःख गरेर खानुपर्छ ( भिडियो हेर्नुहोस)

1009
0

सडकमा बसेर अम्बा बेच्ने बैनीहरु, भन्छन्– दुःख गरेर खानुपर्छ

अहिले विश्व दृष्टि सप्ताह २०२० चलिरहेको छ । सो अवसरमा म डिजिटल उपकरणको बढ्दो प्रयोगले आँखामा पारेका असरबारे केही चर्चा गर्दैछु । कोरोना महामारीको विषम् परिस्थितिमा अध्ययन अध्यापन सूचारु गराउन अपनाइएको अनलाइन कक्षाले आँखा स्वास्थ्यमा नकारात्मक असर बढ्दै गएको देखिन्छ ।

अनलाइन कक्षालाई शिक्षा मन्त्रालयले पनि मान्यता दिएकाले विद्यालयहरुले अनलाइन कक्षालाई शशक्त रुपमा अघि बढाइरहेका छन् । दिनमा ४ देखि ६ घण्टाको विद्यालय अनलाइन कक्षा र त्यसपछिको २ देखि ३ घण्टाको अनलाइन गृहकार्य अनि त्यसबाहेक १ देखि २ घण्टाको मोबाइल, ट्याब्लेट हेर्दाको समय गरि दिनमा बालबालिकाहरुले कम्तिमा ८ देखि १० घण्टा डिजिटल स्क्रिनमा हेरेर बिताउने गरेका छन् ।

यसरी लामो समयसम्म डिजिटल स्क्रिनमा व्यस्त हुँदा आँखामा तत्कालिन तथा दीर्घकालिन असर पर्दछ । आँखामा पर्ने तत्कालिन असरमध्ये आँखा पोल्ने, आँखा बिझाउने, आँशु बग्ने तथा हेर्न कठिनाई पर्दछ । त्यस्तै एकनासले धेरै लामो समयमा आँखासमेत नझिम्काई स्क्रिनमा हेरिरहँदा आँखा सुख्खा हुने,भारी हुने समस्या देखिन्छन् । यसरी डिजिटल स्क्रिनबाट आउने विकिरणहरुले निन्द्रामा समेत गडबडी हुने तथ्य पनि विभिन्न अध्ययनहरुले देखाइसकेका छन् ।

डा.दिपककुमार शाह
डिजिटलबाट आउने विकिरणबाट आँखा जोगाउन बजारमा विभिन्न किसिमका सुरक्षात्मक चश्माहरु पनि आएका छन्, तर ति चश्माहरु विद्यालय बालबालिकाहरुका लागि उपयोगीता तथा प्रभावकारीताबारे भन्ने अझै अनुत्तरीत रहेको छ ।

यस्ता विद्युतीय उपकरणमा धेरै नजिक गएर २० सेन्टिमिटर भन्दा कम लामो समयसम्म सामान्यत ३ देखि ६ घण्टा पढ्दा विद्यालय उमेरका(लगभग ३ देखि १२ वर्षउमेर)सम्मका बालबालिकामा दीर्घकालिन रुपमा अदुर दृष्टिदोषको समस्या बढ्दै गएको देखिन्छ ।

विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले सन् २०५० सम्मका विश्वका आधा जनसंख्यामा अदुर दृष्टि दोषको समस्या देखिने प्रक्षेपण गरेको भएपनि अत्याधिक डिजिटल उपकरणको प्रयोगले दृष्टिदोषको समस्या प्रक्षेपण गरेभन्दा अझै अगाडि देखिने अनुमान गर्न सकिन्छ ।

त्यसैले समस्या देखियो भनेर अनलाइन कक्षा नलिने होइन अनलाइन कक्षालाई व्यवस्थित गर्न जरुरी छ । डब्ल्यूएचओले डिजिटल स्क्रिन प्रयोगका सम्वन्धमा मापदण्ड बनाएको छ । जसअनुसार ५ वर्षमुनिका बालबालिकालाई १ घण्टाभन्दा कम, ५ वर्ष माथिका बालबालिकालाई केही समयको विश्राम लिई दिनमा २ देखि ३ घण्टामात्रै डिजिटल स्क्रिनको प्रयोग गराउन मिल्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here