भर्खरै पशुपतिमा हेर्नुहोस्, यस्तो माग राख्दै घेराउ, ड’रलाग्दो ल’फडा, सयौँ प्र*हरी खटायो Pashupati
बैंक तथा वित्तीय संस्थाहरुले ऋणीहरुलाई ब्याजमा सुविधा नदिएको र कोरोना भाइरस कोभिड १९ बाट प्रभावित ऋणीहरुको नाम कालोसूचीमा राख्न बैंकहरुले दवाव दिएको गुनासो उद्यमी ब्यवसायीहरुले गरेका छन् ।राष्ट्र बैकले मौद्धिक नीतिमा कोभिडबाट प्रभावित ऋणीलाई सहुलियत दिने ब्यवस्था गरे पनि सरकारले लकडाउन खुकुलो गरेसंगै बैकहरुले पनि साँवा ब्याज उठाउन ऋणीहरुलाई दवाव दिन शुरु गरेका हुन् । बैक तथा बित्तीय संस्थाहरुबाट कर्जा असूली तथा ब्याजदर निर्धारण गर्दा ऋणीहरुको पहिचान र अवस्थालाई बुझेर मौद्धिक नीतिको कार्यान्वयन नभएको भन्दै ऋणीहरुको गुनासो बढेको हो ।
बैक तथा वित्तीय संस्थाहरुले कोरोनाबाट प्रभावित बैंकका ऋणीहरुलाई ऋण तथा साँवा बुझाउन दवाव दिन थाले पछि भन्दै ऋणीहरुको गुनासो बढेको छ । नेपाल राष्ट्र बैंकले कोरोनाबाट प्रभावित ऋणीहरुलाई ३ भागमा वर्गीकरण गरेको छ । राष्ट्र बैंकले कम प्रभावित ऋणीलाई पुष मसान्त सम्म ऋण र किस्ता तिर्ने समय दिएको छ ।त्यसैगरी मध्यम प्रभावितलाई चैत मसान्त सम्म कर्जा बुझाउने अवसर दिएको छ भने अति प्रभावित ऋणीलाई भने राष्ट्र बैंकले २०७८ असार मसान्त सम्मको लागि ब्याज तथा किस्ता बुझाउने अवसर दिएको छ ।बिभिन्न्न बाणिज्य बैक तथा बित्तीय संस्थाहरुले ऋणीहरुको अवस्थालाई पहिचान गर्न नसकेको गुनासो बढेको छ ।
सरकारले लकडाउन खुकुलो गरेसंगै बैंक तथा बित्तीय संस्थाहरुले पुरानो कर्जा लोन भन्दै ऋणीहरुलाई फोन जान थालेको गुनासो बढेको छ । मौद्धिक नीतिमा भएको ब्यवस्थालाई ब्यवहारमा कार्यान्वयन गर्न बैंक इमान्दार बन्नु पर्ने मौद्धिक अर्थशास्त्री नरबहादुर थापाले न्यूज २४ लाई बताउनुभयो ।कोभिडबाट प्रभावित ऋणीहरुको अवस्था पहिचान गरेर उनीहरुको क्षमताको अनुसार बैंकहरुले ब्यवहार गर्नु पर्ने धारणा राष्ट्र बैकका प्रवक्ता डा गुणाकर भट्टले व्यक्त गर्नुभयो । बैंक तथा बित्तीय संस्थाको ब्याज तथा ऋण असुलीलाई ऋणीहरुको अवस्था बुझेर ब्यवहार गर्न भन्दै राष्ट्र बैकले पनि बैंकहरुको व्यवहारप्रति चासो देखाएको छ ।