Home International दक्षिण कोरियाका १५ लाख श्रमिकले तलब पाएनन्

दक्षिण कोरियाका १५ लाख श्रमिकले तलब पाएनन्

194
0

नेपालीहरूका लागि रोजगारीका लागि आकर्षक गन्तव्य मानिने मुलुक दक्षिण कोरियामा १५ लाख बढी मजदुरले आफूले काम गरेवापत पाउनुपर्ने तलब रोजगारदाताबाट पाउन नसकेको तथ्याङ्क सार्वजनिक भएको छ।

यहाँको श्रम मन्त्रालयको तथ्याङ्कानुसार सन् २०१६ देखि २०१९ सम्म १५ लाखभन्दा धेरै कामदारले नपाएको कूल तलब रकम ७ दशमवल १७ ट्रिलियन वोन पुगेको छ। सन् २०१६ मा मात्र तीन लाख २५ हजार ४३० जनाले नपाएको ज्याला १दशमवल ४३ ट्रिलियन पुगेको थियो भने सन् २०१९ मा तीन लाख ४४ हजार ९७७ जनाले पाउनुपर्ने १ दशमवल ७२ ट्रिलियन वोन पुगेको छ ।

त्यसैगरी सन् २०२० को आठ महिनामा कामदारलाई नदिएको ज्या’ला ८९० बिलियन वोन छ। यसरी ज्याला नपाउने कामदारमा सबैभन्दा धेरै उ’त्पादनमूलक कम्पनीमा छन् भने दोस्रो स्थानमा निर्माण, खुद्रा व्यापार, होटल, रेस्टुराँमा छन्। सन् २०१९ मा मात्र पाँच जना वा सोभन्दा कम कामदार भएका कम्पनीमा बाँकी ज्या’ला ५४५।६ मिलियन वोन छ भने ५०० भन्दा धेरै का’मदार भएका ठूला कम्पनीबाट तिर्न बाँकी रहेको ज्या’ला ६० बिलियन पुगेको छ। पछिल्लो समय का’मदारको ज्या’ला रो’किनुमा विश्वव्यापीरूपमा फै’लिएको कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा आएको म’न्दी मुख्य कारण रहेको तथ्याङ्कमा उल्लेख छ।

यसरी कामदारले ज्या’ला नपाएका घ’टना धेरै बढिरहेको बताउँदै का’नूनविद्हरूले आर्थिक स’ङ्कट झे’लिरहेका कम्पनीलाई सरकारले आर्थिक सहयोग गरी का’मदारले पाउनुपर्ने ज्या’ला न’रोक्न सुझाव दिएका छन्। यहाँको रि’पब्लिक ज’नशक्ति पार्टीका नेता किम सुङ–वानले का’मदारको ज्या’ला समयमा भु’क्तानी नगर्ने रोजगारदातालाई ज’रिवानासमेत ति’राउनुपर्ने सु’झाव दिएका छन्। यो तथ्याङ्क बाहिरए पनि झण्डै ५० हजार बढी नेपालीले रोजगारी गरिरहेको देश दक्षिण कोरियामा नेपालीहरू हालसम्म बे’तलबी बस्नुपरेको त्यस्तो उल्लेख्य घ’टना देखिएको छैन । तथापि यसको प्र’भाव पर्ने हो कि भन्ने चिन्ता यहाँ काम गरिरहेका नेपालीलाई छ ।रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here