Home Lifestyle आज ह्वात्तै बढ्यो सुनको भाउ, हेर्नुहोस् तोलाको कति पुग्यो ?

आज ह्वात्तै बढ्यो सुनको भाउ, हेर्नुहोस् तोलाको कति पुग्यो ?

220
0

काठमाडौँ । आज साताको छैटौँ दिन अर्थात शुक्रबार सुनको मूल्य ह्वात्तै बढेको छ। आज प्रतितोला ९ सय रुपैयाँले बढेर सुन प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो छापावाल सुन प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज तेजावी सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कोरोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९३ हजार ४ रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला ११ सय ९५ रुपैयाँमा कोरोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला ११ सय ८० रुपैयाँमा कोरोबार भएको थियो।

यो पनि पढ्नुहोस्

१०% डाउन पेमेन्टमा यामाहाका मोटरसाइकल किन्न चाहिन्छ यी ४ डकुमेन्ट
काठमाडौं । यामाहाले हालै सार्वजनिक गरेको नयाँ स्कीम अन्तर्गत १० प्रतिशत डाउन पेमेन्ट गरेर यामाहाका मोटरसाइकल तथा स्कुटर किन्न सकिने भएको छ । यामाहाले आक्रमाक बजार बिस्तार गर्न नयाँ स्कीम र नयाँ मोडलहरुपनि बजारमा ल्याएको छ ।

दशैं, तिहार, छठ जस्ता ठूला चाडपर्व नजिक आएसँगै कम्पनीहरु आक्रमक बिक्रीमा केन्द्रित भएको समयमा यामाहाले कम डाउन पेमेन्टमा नै यामाहाका नयाँ मोटरसाइकल तथा बीएस ६ भर्सनका नयाँ स्कुटर बिक्री गर्ने योजना ल्याएको हो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

यस्तोमा ग्राहकले १० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल किन्दा के कस्ता डकुमेन्ट चाहिन्छ भन्ने चासो व्यक्त गर्ने गरेका छन् । यस्तो हामीले १० प्रतिशत डाउन पेमेन्टमा मोटरसाइक तथा स्कुटर किन्न शोरुम जानुभन्दा अगाडि के कस्ता डकुमेन्ट तयार गर्नु पर्छ भनेर जानकारी दिने प्रयास गरेका छौं ।

१. स्थायी बसोबासको प्रमाण

यामाहाको आधिकारीक वितरक एमएडब्ल्यू इन्टरप्राइजेज्ले ल्याएको १० प्रतिशत डाउन पेमेन्टमा मोटरसाइकल खरिद गर्ने मानिस स्थानिय भएको हुनु पर्ने छ । जस्तो काठमाडौंमा मोटरसाइकल किन्ने काठमाडौं कै र चितवनबाट मोटरसाइकल किन्ने चितवनकै हुनु पर्ने छ ।

काठमाडौंको कुनैपनि शोरुममा मोटरसाइकल किन्नको लागि काठमाडौंको स्थायी बासिन्दा हुनु पर्नेछ । जग्गाको लाल पुर्जा वा बिजुलीको बील यसको प्रमाणको रुपमा लानु पर्ने हुन्छ ।

२. आम्दानीको स्रोत

मोटरसाइकल किन्ने मानिस कुनैपनि कम्पनीमा आवद्ध भएको र मासिक आम्दानी कति हो । संस्थाको लेटरहेडमा आम्दानी स्रोत खुल्ने चिठ्ठीका साथै ६ महिनाको बैंक स्टेटमेन्स पेस गनु पर्ने हुन्छ ।

३.साक्षी

यो योजनामा ग्राहकले अर्को स्थानीय बासिन्दा साक्षीका लागि लग्नु पर्ने हुन्छ । उक्त साक्षीको नागरिकता र फोटोसमेत व्यवस्था गरेर शोरुम जाँदा तत्कालै काम गर्न सहज हुन्छ ।

४. लाइसेन्स

मोटरसाइकल किस्तामा किन्ने ग्राहकसँग अनिवार्य सवारीचालक प्रमाणपत्र हुन पर्नेछ । यसका साथै ग्राहले २ प्रति फोटो समेतसँगै लिएर जानु पर्ने हुन्छ ।

ग्राहकले यो योजनमा मोटरसाइकल किन्दा ३ बर्षमा किस्ता तिर्नु पर्ने हुन्छ । त्यस्तै यो योजनमा १६ प्रतिशत व्याज लाग्ने कम्पनीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here