Home International भारतको बहुप्रतिक्षित अटल टनेल ध्वस्त पारिदिने चीनको चेतावनी

भारतको बहुप्रतिक्षित अटल टनेल ध्वस्त पारिदिने चीनको चेतावनी

482
0

भारतको बहुप्रतिक्षित अटल टनेल योजना ध्वस्त पारिदिने चीनले चेतावनी दिएको छ ।

उक्त अटल टनेलको निर्माण केवल सैन्य उद्देश्यले गरिएको भन्दै सैन्य संघर्षको बेला यसको कुनै महत्व नहुने चीनले जनाएको हो ।

चीनको पीएलएसँग यस्ता सुरुङ निष्क्रिय गर्ने कैयौं विधि भएको भन्दै चीनले भारत र चीनको लागि एक अर्कासँग मिलेर रहनु नै शान्तिपूर्ण हुने उल्लेख गरेको छ ।

कुनै पनि सुरुङले भारतको युद्ध क्षमता नबढाउने पनि बताइएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले गत शनिबार हिमाचल प्रदेश रोहताबलनमा रहेको महत्वपूर्ण अटल टनेलको रणनीतिक दृष्टिकोणबाट उद्घाटन गरेका थिए । सुरुङको उद्घाटन गर्दै प्रधानमन्त्री मोदीले देशको सीमा पूर्वाधारमा नयाँ शक्ति बन्ने उद्घोष पनि गरेका थिए ।

उक्त घटनालाई भारतीय मिडियाले मोदीको चीन विरोधी कडा कदमको रुपमा व्याख्या गरेका थिए ।

यसैबीच चिनियाँ सरकारी समाचारसंस्था ग्लोबल टाइम्सले अटल टनेलको बारेमा एउटा लेख प्रकाशित गरेको छ । ग्लोबल टाइम्सले प्रकाशित गरेको लेखमा भारतलाई अटल टनेल बनाउँदा खासै फाइदा नहुने उल्लेख छ ।

अटल टनेल खुल्दा भारतीय सेनालाई छोटो समयमा सीमामा तैनाथ गर्न सकिन्छ र साथै यस सुरुङमार्फत सैनिक आपूर्ति पनि गर्न सकिन्छ ।

टनेल निर्माणका कारण लेहमा पुग्न भारतको बाँकी ठाउँबाट कम समय लाग्नेछ । यो एक सैन्य रणनीतिक च्यानलको रूपमा रहने लेखमा दावी गरिएको छ ।

ग्लोबल टाइम्सले लेखेको छ, “शान्तिमय समयमा यो सुरुङले भारतीय सेनालाई ठूलो सहयोग पुर्याउँछ, तर यसबाट भारत युद्धको समयमा खास गरी सैन्य द्वन्द्वमा लाभान्वित हुने छैन । चाइना पिपुल्स आर्मीसँग टनेललाई काम नलाग्ने बनाउनका लागि धेरै तरिकाहरू छन् । भारत र चीनका लागि दुबै एक अर्कासँग मिलेर बस्नु राम्रो हो ।”

आलेखमा भारतलाई संयम बन्न सल्लाह पनि इिदएको छ र कुनैपनि उत्तेजक गतिविधिबाट अलग रहनुपर्ने सुझाव पनि दिइएको छ ।

ग्लोबल टाइम्सकाअनुसार कुनैपनि सुरुङले भारतको लडाई क्षमता बढाउन सक्दैन । भारत र चीनको लडाई क्षमतामा निश्चित रूपमा ठूलो भिन्नता छ, विशेष गरी भारतको युद्ध क्षमता कुनै पनि संगठित छैन । भारत चीनको क्षमताबाट धेरै टाढा छ ।

ग्लोबल टाइम्सले आफ्नो लेखमा लेखेको छ, भारतले चीनसँगको सीमामा सडक, पुल र अन्य पूर्वाधार विकास गर्दैछ । दरबूक–दौलत बेग ओल्डि (डिएसडिबिओ) सडक २२५ किमी लामो सडक हो जुन गत वर्ष सम्पन्न भएको थियो ।

उक्त सडक बनाउन भारतलाई दुई दशक लाग्यो । यो सडकले लद्दाखसम्म जान्छ । यी सडकहरू बाहेक, भारत सरकारले रणनीतिक दृष्टिकोणबाट भारत–चीन सीमामा ७३ महत्वपूर्ण सडकहरू पहिचान गरेको छ, जुन जाडोमा पनि प्रयोग गर्न सकिनेछ ।

ग्लोबल टाइम्सकाअनुसार युद्धका लागि तयार यी सडकहरूको भविष्य तीन व्यवहारिक पक्षमा निर्भर गर्दछ । पहिलो कुरा, भारत सरकारले के चाहन्छ ? मोदी सरकारलाई हेर्दा यस्तो देखिन्छ कि उनी भारत–चीन सीमामा सैन्य उपस्थितिलाई अझ मजबुत बनाउन चाहन्छन् ।

दोस्रो कुरा बजेट । भारतले आफ्नो रक्षा बजेट बढाइरहेको छ र पूर्वाधारमा बढी खर्च गरिरहेको छ । जसको उद्देश्य चीनलाई रोक्नु हो । तेस्रो कुरा टेक्नोलोजी हो । पूर्वाधार निर्माण गर्ने आफ्नो क्षमताको हिसाबले भारत चीनभन्दा धेरै पछाडि छ ।

ग्लोबल टाइम्सले अन्तमा लेखेको छ, यो समय शान्तिको समय हो र भारतले युद्ध सुरु भएमा सुरुङले खास फाइदा नगर्ने कुरा महसुस गरिरहेको छैन । सुरुङ निर्माणमा पूरा देश खुसी छ । तर, जहाँसम्म भारतीय राजनीतिज्ञहरुको कुरा छ, उनीहरूले यसलाई केवल प्रदर्शन र आफ्नो राजनीतिक फाइदाको लागि प्रयोग गरिरहेका छन् ।

यो स्पष्ट रूपमा एक राजनीतिक प्रचार हो । सुरुङ युद्धमा काम गर्ने या नगर्ने भन्ने कुरा भारतीय राजनीतिज्ञहरूको विचारको कुरा होइन, तर उनीहरूले यसलाई आफ्नो राजनीतिक हितको लागि प्रयोग गर्ने हतियार बनाइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here