Home News Breaking News.२४ गते बाट फेरी १८ दिन लकडाउन,पुरा पढ्नुहोस

Breaking News.२४ गते बाट फेरी १८ दिन लकडाउन,पुरा पढ्नुहोस

207
0

काठमाडौ । सरकारले १८ दिन लकडाउन गर्ने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयले २५ हजार सक्रिय सं’क्रमित पुगेको अवस्थामा लकडाउन गर्न सिफारिस गरेको छ । सोही अनुसार कोरोना रोकथाम तथा नि’यन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउनको मोडालिटी तयार गरेको हो ।समितिको बैठकले बढिमा १८ दिन लकडाउन गर्नेगरी मोडालिटी तयार पारेको हो । मुख्यसचिव नेतृत्वको कार्यदलले मोडालिटी तयार पारेको जनाइएको छ ।

यद्यपी कहिलेदेखि मोडालिटी अनुसार लकडाउन गर्ने भन्ने टुङ्गो लागेको छैन् । ‘स्वास्थ्य मन्त्रालयले २५ हजार सक्रिय सं’क्रमित भनेका कारण त्यसको पेरिफेरीमा पुगेपछि मोडालिटीको विषयमा थप छलफल होला’ स्रोतले भन्यो ।लकडाउन मोडालिटीमा दशैं चाड मनाउन जाने र फर्किने तथा टिका थाप्न जानेलाई कसरी नि’यन्त्रण गर्ने भन्ने विषयलाई जोड दिने भनिएको जनाइएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यो विषयमा कसरी सहजता ल्याउन सकिन्छ भनेर खोज्न निर्देशन दिईसकेका छन् ।

याे पनि पढ्नुहोस्

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पछिल्लो समय प्राधिकरणमा उनको पुनर्नियुक्तिको विषयलाई लिएर बिभिन्न भ्रामक समाचार आएको भन्दै तथ्यहीन समाचार सम्प्रेषण नगर्न आग्रह गरेका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओली र उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनलाई समेत जोडेर सामाजिक संजालमा गलत एकाउन्ट समेत खोली त्यस्ता समाचार प्रवाह गरिएको भन्दै त्यसो नगर्न अनुरोध गरेका छन्।

घिसिङद्वारा जारी प्रेस विज्ञप्ति
नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७३ भदौ २९को निर्णयबाट मलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा ४ वर्षका लागि नियुक्त गरेको थियो । मेरो ४ वर्षे कार्यकाल सकिनै लाग्दा अर्को कार्यकालका लागि पुनर्नियुक्तिको विषयलाई लिएर सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यू र ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री माननीय श्री वर्षमान पुनज्यूलाई जोडेर बिगत केही दिनदेखि विभिन्न संचार माध्यम, सामाजिक संजाल र मेरो गलत एकाउन्ट खडा गरी सम्प्रेषण भइरहेका भ्रामक समाचार तथा सूचनाप्रति मेरो गम्भीर ध्यानाकर्षण, भएको छ ।

मेरो अर्को कार्यकालको पुनर्नियुक्तिका विषयलाई लिएर सम्मानीय प्रधानमन्त्री, माननीय ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री र मलाई जोडेर आधार तथा तथ्यहीन गलत सूचना तथा समाचार सम्प्रेषण नगरिदिनु हुन अनुरोध गर्दछु । नेपाल विद्युत प्राधिकरण नेपाल सरकारको पूर्ण स्वामित्वको संस्था भएकाले सम्माननीय प्रधानमन्त्री नेतृत्वको सरकारको निर्देशन एवं मार्गदर्शन र निती तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन मार्फत यस अवधिमा केही उल्लेखनीय उपलब्धीहरु हासिल भएका छन्।

लोडसेडिङको अन्त्य गरी उज्यालो नेपाल बनाउन, वित्तीय तथा प्रशासनिक सुधार गरी प्राधिकरणलाई नाफामूलक, सबल, सक्षम तथा प्रतिश्पर्धी संस्था बनाउन सम्माननीय प्रधानमन्त्री र माननीय ऊर्जा मन्त्रीको निर्देशन एवं मार्गदर्शन, प्रशासनिक संयन्त्र, अहोरात्र खटिने कर्मचारीहरु र आम उपभोक्ताको निरन्तरको सहयोग र हौसला नपाएको भए एकजना व्यक्तिको प्रयासबाट मात्रै लोडसेडिङको अन्त्य, संस्थालाई मुनाफामा लैजाने लगायतका उपलब्धीहरु हासिल गर्न सम्भव थिएन ।

सबै नेपालीको घरमा उज्यालो पुर्याउने, ऊर्जा खपत बढाउने, उपभोक्तालाई गुणस्तरीय, भरपर्दो तथा पर्याप्त विद्युत् उपलब्ध गराउने, प्राधिकरणभित्र सुशासन कायम गर्दै प्रभावकारी सेवा संचालन गर्न प्रणालीलाई स्वचालित र डिजिटलाईजेसन गर्ने, नेपालको पानी जनताको लगानी हरेक घर विद्युतको शेयरधनी कार्यक्रमको प्रभाका,री कार्यन्वयन गर्ने, ठूला जलविद्युत तथा प्रसारण लाईन आयोजनाहरुको निर्माण गर्ने लगायतका नेपाल सरकारका निती तथा कार्यक्रमको कार्यान्वयन गर्न प्राधिकरण, निरन्तर क्रियाशील रहेको समेत जानकारी गराउँदछु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here