Home Politics काठमाडौंको बीच सडकमा २ हजार भन्दा बढी मोटरसाइकल जुलुस ! आतिए प्र$हरी...

काठमाडौंको बीच सडकमा २ हजार भन्दा बढी मोटरसाइकल जुलुस ! आतिए प्र$हरी हल्लियो सिंहदरबार

316
0

काठमाडौंको बीच सडकमा २ हजार भन्दा बढी मोटरसाइकल जुलुस ! आतिए प्र$हरी हल्लियो सिंहदरबार

चुमनुब्री गाउँपालिका १ सामागाउँको एउटा डाँडालाई स्थानीयबासीले बहराइनको राजपरिवारको नामबाट नामाकरण गरेका छन् ।बहराइनका राजकुमार से’ख मो’हम्मद ह’माद मो’हम्मद अ’ल ख’लिफाको भ्रमणको अवसर पारेर सामागाउँका बासिन्दाले पङ्बोछे डाँडालाई ‘रो’यल बहराइन पि’क’ नामाकरण गरेका हुन् । बहराइनका राजपरिबारका सदस्य भ्रमणमा आउँदा दिने महत्वपूर्ण कोसेलीको रुपमा पहाडको नाम दिएको वडा सदस्य मिङ्मार लामाले बताए । ‘हामीले कोसेलीस्वरुप पैसा दिन सक्दैनौँ । पैसा उहाँहरुसँगै छ । हामीले दिने त्यस्तो नयाँ सामान पनि छैन ।

जे चाहे पनि उहाँहरुसंगै छ । माया र सद्भाव देखाउन हामीसंग जे छ, त्यही कोशेली दिने हो, त्यसैले हाम्रो एउटा पहाडको नाम दिएका हौँ’, वडासदस्य मिङ्मार लामाले भने, ‘राजकुमार आउनुभन्दा अघि गाउँ भेला गरेर पहाडलाई बहराइनको नाम दिने निर्णय गरेका थियौँ ।’ राजपरिवारको नाम दिएपछि राजकुमार अत्यन्त खुसी भएको उनले बताए ।‘उहाँको स्वागत कार्यक्रममा वडाअध्यक्ष वीरबहादुर लामाले पहाडको नाम दिएको औपचारिक जानकारी गराएपछि उहाँ धेरै खुशी हुनुभयो अनि हेलिकोप्टर लिएर पहाड हेर्न जानु भयो’, वडासदस्य लामाले भने, ‘अनि फर्केर आएर हामीलाई धेरै धन्यवाद दिनुभयो ।

सामागाउँको सुखदुखमा सँधै साथ दिने वचन दिनुभयो ।’राजा वीरेन्द्र सामागाउँको भ्रमणमा आउँदा पनि गाउँलेले एउटा महत्पूर्ण तालको नाम वीरेन्द्रलाई दिएका थिए । ‘पहिले राजा वीरेन्द्र यहाँ भ्रमण गर्न आउँदा पनि हामीले यहाँको सबैभन्दा ठूलो तालको वीरेन्द्र तालको नाम दिएका थियौँ’, उनले बताए ‘यो हाम्रो ठूला पाहुनालाई सम्मान गर्ने परम्परा हो ।’ राजाको नामको ताल छ भनेपछि यहाँसम्म आइपुग्ने जो कोही पनि वीरेन्द्र ताल हेर्न भनेर जाने गरेकाले सो पहाडसम्म पनि पर्यटन विकास हुने विश्वास लिएको उनले बताए ।

‘पछि भविष्यलाई राम्रो हुन्छ, पर्यटन विकास हुन्छ भनेर त्यसो गरेका हौं’, उनले भने ।साविकको पङ्वोछे डाँडा ५,१६० मिटर अग्लो छ । ‘झलक्क हेर्दा हाम्रो पङ्वोछे डाँडा नुर्बु(डायमण्ड) जस्तो देखिन्छ । गुरु मेलारेप्पा गुफा पनि छ’, उनी भन्छन्, ‘गण्डकी खोलापारि पर्ने त्यहाँ हरसाल हिउँदका बेला गाउँलेले याकचौरीको गोठ राख्ने मुख्य ठाउँ हो ।’ याे समाचार अन्नपूर्ण पाेस्ट दैनिकमा छापिएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here