Home International अनौठो तरिकाले नेपालको प्रचार गर्ने कलकत्ते चेली पहिलोपटक मिडियामा भन्छिन म नेपाली...

अनौठो तरिकाले नेपालको प्रचार गर्ने कलकत्ते चेली पहिलोपटक मिडियामा भन्छिन म नेपाली होभिडियो सहित

339
0

बितेका केही दिनदेखि सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल छ। भारतीय मोटिभेसनल स्पिकर मानसी अग्रवालले पोस्ट गरेको यो भिडियो नेपालका बारेमा छ।मानसीले उक्त भिडियोमा ‘नेपाल घुम्नै नहुने ७ कारण’ उल्लेख गरेकी छन्। आफ्नो पोस्टमा उनले आफू लामो समयदेखि नेपालै बसेको र यहीँ काम गर्ने जानकारी दिएकी छन्।

उनी स्पीकर र टेड-एक्स लगायत कार्यक्रमकी वक्ता पनि हुन्।उनको यो भिडियो हेरेपछि उनको बारेमा जान्न नेपालीहरु आतुर छन् ।यस्तो छ मान्सी र नेपालको सम्वन्धमान्सी अग्रवाल १४ वर्षअघि कलकत्ताबाट नेपाल आइपुग्दा २१ वर्षकी मात्रै थिइन् ।जब काठमाडौँमा ओर्लिइन् आसपासका पहाड र मनमोहक प्राकृतिक दृश्यले उनको मन लोभ्यायो ।यहाँको चिसो मौसम र प्राकृतिक सौन्दर्यले यी भारतीय युवतीलाई आकर्षित गर्‍यो ।

त्यसो त, उनका पतिले सुरुका दिनहरुमै भक्तपुर दरबार स्क्वायर र अरु सम्पदा क्षेत्रतिर डुलाएका थिए । उनका पति, जो एक नेपाली युवक हुन् ।तर त्यसबेला मान्सीलाई अनुभव भयो कि, यहाँ त गल्ली र गल्छेँडाहरुमा समेत जीवन्त संग्रहालय रहेछन् ।उपत्याका बाहिरका मानिसको परम्परागत जीवनशैलीबाट त उनी यति धेरै प्रभावित भइन् कि, आङ नै सिरिङ्ग पार्ने खालको ।‘म मूल रुपमा कलकत्ताको मान्छे । जब म २१ वर्षकी थिएँ, नेपाली युवकसँग विवाह गरेँ । र नेपाल मेरो दोस्रो घर भयो । काठमाडौँ मेरो पति बसोबास गर्ने सहर ।पछि म पनि उनीसँगै बस्न थालेँ । जसले मलाई मोहित बनायो,’ मान्सीले भनिन् ।उनका पति काठमाडौँमै एक उद्यमी थिए । काठमाडौँमा पतिको साथ बस्न थालेपछि मान्सी उनीसँगै बारम्बार बाहिर घुम्न जान थालिन् ।

काठमाडौँका रेष्टुरेण्टहरु जानु उनलाई सामान्य नै भयो । यस्तै बौद्ध, ठमेल, दरबारमार्ग लगायत काठमाडौँका पर्यटकीय क्षेत्र पुग्दा उनलाई खुसी मिल्थ्यो ।बिस्तारै उनलाई आफ्ना निकट साथी र आफन्तहरुलाई पनि यस्तो विशेष ठाउँमा ल्याउने इच्छा भयो ।विशेष गरी चितवन राष्ट्रिय निकुञ्ज र पोखरा लगायत ठाउँ घुमेपछि त उनी झनै लालायित भइन् ।‘म यहाँका वनस्पति, जीवहरु, जैवीक विविधता, भौगोलिक संरचनाहरुबाट असाध्यै अभिभुत भएँ । मैले यस्ता चिजहरुमाथि अनुसन्धान पनि गरेँ । ठीक त्यही समयमा मभित्र फोटोग्राफीप्रति विशेष जाँगर पलायो ।

मलाई लाग्यो कि, म यस्तो राम्रो ठाउँमा बसिरहेको छु भने यसलाई क्यामेरामा कैद गर्न किन छुटाउँ,’ मान्सीले भनिन् । मान्सी अहिले त ८ वर्षको सन्तानको आमा समेत हुन् ।उनले त्यसबेला नै कलकत्तामा रहेका साथीहरु र आफन्तलाई नेपाल घुम्न बोलाउन थालेकी थिइन् ।

‘मलाई लाग्थ्यो कि, यदी उनीहरु नेपाल आएनन् भने धेरै चिज गुमाउनेछन् भन्ने लाग्थ्यो,’ उनले भनिन् । तर साथीहरुले वास्तै गरेनन् । उनीहरुले मान्सीलाई सुनेनन् । उनीहरु राम्रो राख्न मात्रै आउँछु चाहिँ भनिदिन्थे तर आउँदैनथे २०१९ मा मान्सीले उनीहरुलाई नेपालले आगामी वर्ष, अर्थात् २०२० मा ‘नेपाल भ्रमण वर्ष’ आयोजना गरेको कुरा सुनाइन् । यतिबेला भने उनका साथी र आफन्त मुस्किलले नेपाल आउन तयार देखिए ।‘मेरी आमा कहिलेकाहीँ मलाई भेट्न आउनुहुन्छ । मेरो दाई यो ठाउँ मन पराउँछ ।

अरु परिवारका सदस्यहरु पनि आउनुहुन्छ । तर म आफ्ना स्कुले साथीहरु र ठूलो साथी सर्कललाई यो ठाउँको अनुभव दिलाउन चाहन्छु । यसैले म बारम्बार उनीहरुलाई कृपया आऊ कृपया आऊ भन्दै बिन्ती गरिरहन्थेँ मान्सीले सुनाइन् । यहा हेर्नुहोस भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here