Home News आज ७ गतेका मुख्य समाचार | लकडाउनबारे ठुलो निर्णय, बेरोजगारीले रोजगार पाउने,परीक्षा...

आज ७ गतेका मुख्य समाचार | लकडाउनबारे ठुलो निर्णय, बेरोजगारीले रोजगार पाउने,परीक्षा सुरु

172
0

आज ७ गतेका मुख्य समाचार | लकडाउनबारे ठुलो निर्णय, बेरोजगारीले रोजगार पाउने,परीक्षा सुरु




सोसल मिडियामा विबाहकै प्रसंग चलिरहंदा रमेश र कल्पनाले गरे वास्तविक कुराको खुलासा……….
काठमाण्डौ । पछिल्लो समय सामाजिक सञ्जालमा बहुप्रतिभाका धनी रमेश प्रसाईँ र लोक गायिका कल्पना दाहालको जोडीलाई निकै नै रुचाईएको छ । जबदेखि रमेश प्रसाईँले ईन्द्रेणीमा दोहोरी गाउन शुरु गरे त्यही समयदेखि नै उनको जोडीको रुपमा कल्पनालाई सोसल मिडिया युजरसले औधि रुचाईरहेका छन् ।

कतिपय मिडियाहरुले त उनीहरुबीच प्रेम सम्बन्ध छ भन्दै सामाचारहरु पनि सम्प्रेषण गर्दै आईरहेका छन् । यतीमात्र नभई उनीहरुले विबाह नै गर्ने भनेर कार्ड समेत छोपि सकेका छन् भन्ने जस्ता शिर्षक राखेर सामाजिक सञ्जाल नै तात्तिने गरी सामाचारहरु पस्किदै आईरहेका छन् । यसै विषयमा यी दुवैले भने आधिकारिक धारणालाई एउटा युटुवमा अन्तरवार्ता दिंदै व्यक्त गरेका छन् ।

यस विषयमा कल्पनाले आफुहरुको बारेमा जसरी मिडियामा समाचार आईरहेको छ त्यसमा आफुलाई चित्त नबुझेको बताएकी छन् । उनले भनेकी छन्,‘लेख्नु नै छ भने माया बस्दैछ वा बस्ने छाँटकाँट देखिएको छ भनेर लेखिदिएको भए मलाई चित्त बुझ्थ्यो होला । तर विबाहको कार्ड नै छापी सकिएको छ भनेर समाचार लेखिदिंदा त्यो विषयमा मलाई अलिकति चित्त नबुझेको हो ।’ दर्शकको मायाले रमेशजीसंग नाम जोडिनु आफ्नोलागी भाग्यको कुरा बताउँदै कल्पनाले सबैलाई सही तरिकाले वास्तविक कुरा बुझेर मात्र समाचार लेखिदिन आग्रह गरेकी थिईन् ।

उता रमेशले भने कल्पनको कुरामा सहमति जनाउँदै आफुलाई कल्पना मन परेको भन्ने भावलाई घुमाउरो पारामा भने,‘कार्ड छापींदैन भन्ने पनि होईन । किनभने जसरी दर्शकहरुले जोडी सुहाएको छ भन्दै हाम्रो जोडीलाई रुचाईदिनु भएको छ । त्यो साँच्चिकै माथिबाटै जुरेर आएको पनि हुन सक्छ । तर अहिले नै त्यो कुरालाई हामीले छिनोफानो नगरिकनै त्यसरी चर्चित बनाउँदा राम्रो अलि हुँदैन कि भन्ने मात्र हो ।’

यसै विषयमा उनीहरुले आफुहरुबीच धेरै पारिवारीक कुराहरु हुने पनि खुलाएका छन् । एकअर्कालाई उत्प्रेरणाको आवश्यकता परिरहने भएको हुनाले हामीले एकअर्कालाई उत्प्रेरणा पनि दिन्छौं भन्दै दुवैले सकारात्मक सम्बन्ध भएको बताए । साथै उनीहरुले आफुहरुबीच अहिलेसम्म केवल एउटा असल साथीको सम्बन्ध रहेको पनि दर्शकहरुलाई प्रष्ट्याएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here