Home News देशको लागी ज्यानको बाजी लगाएर लडेका एक युवा जिवन मरनको दोसाधको अबस्था

देशको लागी ज्यानको बाजी लगाएर लडेका एक युवा जिवन मरनको दोसाधको अबस्था

144
0

आज तपाईहरुको माझ म रुकुम जिल्ला आठविसकोट नगरपालिका वडा नं १४ को मनै रुवाउने तस्बिर सार्वजनिक गर्न चाहन्छु क्रिपया सक्दो शेयर गरेर सहयोगि मनहरु सम्म पुर्याईदिनुहोला मैले पनि सके जति सपोर्ट गरे तर ईन्डियाको लखनौ लगायत काठमाडौं जता ततै देखाईयो तर रोग निको भएन भुपु जनमुक्ति सेना चन्द्र बि. क. उहाको नाम उहाँ को आमा बुबा मात्र छन् ।

घरमा ७० बर्ष का बुढा बाउ आमा लाई पाल्ने उमेरमा ति बुढा बाउ आमा ले पालिरहेका छन् यदि कोहि सहयोगि मन भएका पत्रकार हुनुहुन्छ भने एक पटक उहाँ को घर सम्म गएर सहयोग गरिदिनु होस कुनै बेला नेपाल र नेपाली को लागि खाना पानि नखाएर ल,ड्नु भएको थियो । सबैले सेयर गरेर सम्बन्धित निकाय सम्म पुर्याउ

रुकुम जिल्लाका प्रिय नेता जनार्दन शर्माको पनि ध्यान जावस । रमेश सुनरको फेसबुकबाट

याे पनि पढ्नुहोस्
यी १२ मध्ये कुनै एक लक्षण देखिने महिला हुन्छन् सबैभन्दा सौभाग्यशाली

१ समुन्द्र शास्त्र अनुसार जुन युवतीको अनुहार पितासँग मिल्छ त्यस्ता युवती भाग्यमानी हुन्छन्। उनीहरुले जीवनमा सुखभोग गर्ने र चाहेको कुरा प्राप्त गर्ने उक्त शास्त्रको दावी छ। त्यस्तै आमासँग अनुहार मिल्ने युवक पनि भाग्यमानी मानिन्छन् ।

२ कालो कपाल भएका र आगाडीपट्टी झुकेको कपाल हुने युवती भाग्यमानी हुने समुन्द्र शास्त्रको भनाइ छ। चिल्लो, कोमल र मुलायम कपाल भएका कन्यालाई उत्तम मानिएको छ

३ गोलो र चिल्लो तथा आकर्षक अनुहार भएका युवती पनि भाग्यमानी हुन्छन्।

४ जुन युवतीको शिरको अगाडीको भाग उठेको छ त्यस्ता युवती धनी र वैभवशाली हुने मानिन्छ।

५ सिन्दुर लगाउने स्थान सिधा र उठेको छ भने त्यस्ता युवती सँधै भाग्यवती मानिन्छन्।

६ आँखी भौ जोडिएका युवतीलाई विश्वास गर्न नसकिने समुन्द्र शास्त्रको भनाइ छ। आँखीभौं धनुष जस्तै झुकेको भए यस्ता युवतीलाई भाग्यमानी मानिन्छ। पुराण भन्छः यी ४ प्रकारका युवतीसँग विवाह गर्नु हुँदैन।

७ आँखाको कुनामा लालिमा हुनु र नानी गहिरो कालो हुने तथा अन्य भाग सेतो आँखा भएका कन्या लक्षणले भरीपूर्ण मानिन्छन्।
८ हातमा हाड जोडिएको स्थान नदेखिने युवती भाग्यमानी हुने मानिन्छन्।

९ लामो र कोमज तथा रौं रहित हात भएका कन्यालाई उच्च श्रेणीमा राखिएको छ। छोटों हात भएका कन्या दुर्वल मानिन्छन्।

१० चिल्ला, गोला र उठेका नङ हुने कन्या लक्षण भएका मानिन्छन्।

११ समुन्द्र शास्त्र अनुसार खुट्टाका पैताला राता हुने कोमल र चिल्ला हुने कन्यालाई शुभ लक्षणयुक्त मानिन्छ।

१२ समुन्द्र शास्त्र भन्छ सामान्य भन्दा बढी लामा औंला हुने युवतीलाई विश्वास गर्दा विचार पुर्‍याउनु पर्छ।
यस्ता छन् दाँतमा तार बाँध्नुपर्ने लक्षणहरु, तपाईले पनि बाँधनुपर्ने छ कि ?
काठमाडौँ । हिजो आज शहर बजारमा कतिपय युवा तथा किशोर किशोरीहरुले दाँतमा तार बाँधेर हिडेको देख्नुभएकै होला । यसलाई साधारण भाषामा braces लगाउने भनेर चिनिन्छ ।

धेरै किसिमका दाँत उपचार विधि मध्ये यो विधि एक हो । नमिलेका दाँतमा तार बाँधेर मिलाउने यो पद्धतीलाई अर्को शव्दमा अर्थोडोन्टिक्स ट्रिटमेन्ट पद्धती समेत भनेर बुझिन्छ । यो उपचार गर्ने विशेषज्ञलाई अर्थोडोन्टिस्ट भनिन्छ ।

दाँतमा braces लगाएर दाँत मिलाउन सकिन्छ भन्ने अचेल प्राय सबैलाई थाह छ । तर त्यसरी तार बाध्ने उमेर अथवा उपयुक्त समय कहिले हो भनेर सोध्ने प्रश्नको जवाफ अझै स्पष्ट भएको छैन । त्यसैले हुनसक्छ मुखमा सबै स्थायी दाँत नआउन्जेल braces लगाएर उपचार गर्न मिल्दैन भन्ने धारणा प्राय सुनिन्छ । के हाम्रो यो धारणा ठिक हो त ?

अमेरिकन एसोसिएसन अफ अर्थोडोन्टिक्स(AAO) भन्छ, सात बर्ष ननाग्दै हरेक बालबालिकाको दाँतको अवस्था परीक्षण गर्नु अत्यन्त प्रभावकारी हुन्छ । यो उमेरमा जाँच गरेपछि दाँतमा द्यचबअभक (तार) लगाउन पर्छ कि पर्दैन भन्ने स्पष्ट हुन्छ ।

सात बर्ष नै किन ?

सात बर्षको उमेर भनेको यस्तो उमेर हो यतिवेला शरीरका साथ साथै अनुहारको हड्डीको पनि विकास भई रहेको हुन्छ र नयाँ दाँत मिलेर उम्रिने हो कि होइन भन्ने कुराको अग्रिम जानकारी लिन सकिन्छ । किनभने यहि उमेर हाम्रो मुख्य दाँतहरु निस्कने समय हो र यो अवस्था देखेर अर्थोडोन्टिक्सले भविस्यमा दाँत नमिलेर उम्रने समस्याको एकिन गर्न सक्छ ।

त्यसैले सात बर्षको उमेरमा एक पटक अनुव प्राप्त अर्थोडोन्टिक्सलाई गएर आफ्नो बच्चाको दाँत देखाउनु राम्रो हुन्छ । सुरुमै दाँत नमिलेको तथा मुखको हड्डीको विकास विपरित दिशामा भईरहेको थाह पाइयो भने कम समयमा उपयुक्त उपचार प्राप्त गर्न सकिन्छ ।

किन बांङ्गोटिंङ्गो उम्रिन्छ दाँत ?
दुधे दाँतहरु सामान्य त ५ देखि ७ बर्षको बीचमा झर्ने गर्छ । तर कहिलेकाँही त्यो समयमा दुधे दाँत झर्दैन । भित्रबाट नयाँ दाँत आउने र बाहिर देखिएको पुरानो दाँतले स्थान नछाडने हुँदा कहिलेकाही दाँत बांगिएर आउँछ ।

अर्को कुरा दाँत उम्रने गिजाँको भाग जसलाई हामी ‘ज’ भन्छौँ, ‘ज’ को आकार र दाँतको आकारले पनि दाँत कसरी उम्रिन्छ भन्ने देखाउँछ । सामान्य त ‘ज’ र दाँतको आकार अनुपात मिल्नुपर्छ । तर अनुपात मिलेन भने अर्थात ‘ज’ मा चेप्टा ठुला दाँत निस्कयो भने पछि उम्रने दाँतहरु बांगा टिंगा भएर निस्कन्छन् । यसबाहेक कहिलेकाही बंषाणुगत कारणले पनि यस्तो अवस्था हुनसक्छ ।

यसकारण हल्लिन्छ दाँत
तर कहिलेकाँही स्थायी दाँतले गलत दिशाबाट प्रेशर दिँदा दुधे दाँत नहल्लिने अवस्था पनि हुन्छ । यस्तो अवस्थामा हामीले दुधे दाँत कहिले हल्लिन्छ भनेर कुर्दा कुर्दै स्थायी दाँत गलत दिशाबाट उम्रेर आउँछ । त्यसैले दुधे दाँत समय भन्दा अघि वा पछि झिक्दा स्थायी दाँत बिग्रेर उम्रने सम्भावना धेरै हुन्छ ।

दाँत हल्लिनुको कारण दुधे दाँतलाई भित्रबाट उम्रिदै गरेको स्थायी दाँतले धकेल्नु हो । जब भित्रबाट नयाँ दाँत उम्रिन्छ त्यसले जराहरुलाई प्रेसर दिन्छ र दुधे दाँत हल्लिन्छ ।

दाँतमा तार बाध्नुपर्ने लक्षणहरु :

१. दुधे दाँत छिट्टै खस्दा (५ बर्ष मुनि)

२. दुधे दाँत ढिलो खस्दा (७ बर्ष पछि )

३. अगाडीको दाँत बाँगो देख्दा ( ७-८ बर्ष पछि )

४. अगाडीको दाँत र ओठ बाहिर निस्केको देख्दा

५ . दाँत जोडदा गाला टोक्ने अथवा तलको अगाडीको दाँत माथिको दाँत भन्दा अगाडी आएको देखिँदा ।

६. दाँतले टोक्ने अथवा चबाउने समस्या देख्दा

७. दाँत किट किटाउने बानी देख्दा

८. जिब्रोले दाँत धकल्ने बानी देख्दा

९. मुखबाट सास लिने बानी देख्दा

१०. बोल्दा शव्दहरु स्पष्ट उच्चारण नहुँदा

११. टोक्दा पछाडी अथवा अगाडीको दाँत नजोडिदा

१२. दाँत जोडदा सीधा नजोडिने

१३. मुख खोल्दा अथवा बन्द गर्दा सीधा नदेखिँदा

१४. औला चुस्ने बानी देख्दा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here